व्यंग्यात्मक शैलिमा डि-मर्चा भन्दैछ ‘नेताज्यू नमस्कार’



पोखरा

वि.स. २०५२ सालमा पोखराकै पहिलो ¥याप व्याण्डको रुपमा स्थापना भएको डि–मर्चा समुहले ¥याप प्यार्टनका गीत मार्फत आफ्ना आवाज बुलन्द पार्दै आएको छ । यस्ता गीतलाई दर्शक श्रोताले रुचाउछन् पनि । कार्य व्यस्तताका कारण केहि समय सुस्ताएको डि–मर्चाको नयाँ गीत डेढ वर्षको अन्तरालमा तयार भएको छ । ‘नेता ज्यू नमस्कार’ बोलको गीतमा ¥याप शैलीमा नेता प्रति असन्तुष्टि पोखिएको छ । नेताले भाषण गर्ने तर बोलेका कुरा कार्यान्वन नगर्ने कार्यप्रति असन्तुष्टि जनाउदै अब देश युवा पुस्ताको जिम्मामा छोड्नुपर्ने सन्देश गीतमा छ ।

‘युवा बिचार अनि नयाँ सोच अबको खाँचो हो, जुन सरकार आएपनि उस्तै कुरा दोहोरियो, अब युवालाई काम गर्ने अवसर दिनुपर्छ भन्ने कुरा गीतमा छ’ डि-मर्चा व्याण्डका मुख्य भोकलिष्ट भाष्करध्वज श्रेष्ठले भने । देशमा बलात्कारका घटना  नरोकिएको, सिमा मिचिएको, युवाशक्ति विदेश पलायन भएको लगायतका विभिन्न समस्या देशमा भएपनि नेताको काम नगरी गफ मात्रै ठुला दिने प्रवृत्ति प्रति व्यंग्यात्मक प्रहार गरिएको छ । विभिन्न ‘आउटक्लिप्स’ले भिडियोलाई राम्रो बनाएको श्रेष्ठले बताए ।

प्रतिक अधिकारीको रचना रहेको गीतलाई डि–मर्चाले भोकल, संगीत र डिजाइन दिँदै आर्कषक बनाएको छ । द मुग्लानको प्रस्तुतीमा रिलिज हुन लागेको भिडियोको सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका छन् । रिलिजको तयारीमा रहेको गीत दशर्कले मन पराउनेमा निर्माण टिम र डि–मर्चा व्याण्ड विश्वस्त छन् । केहि समय अगाडि नै तयार भएको गीत अहिलेको देशको परिवेशसँग सुहाउने देखिएकोले यो समयनै उत्तम हुने सोचेर रिलिज गर्न लागिएको मुख्य भोकलिष्ट श्रेष्ठले बताए ।

पोखरामा आयोजना गरीएको माछापुच्छे« उत्सवमा भाग लिनका लागि भनेर यो व्याण्डको जन्म भएको थियो । सहभागीता सँगै वेष्ट गितारिष्ट्र एवार्ड जित्न सफल बन्यो । त्यतिबेला व्याण्ड मेम्बरको रुपमा भाष्कर ध्वज श्रेष्ठ, विरेन पुन, विकास पुन, दिनेश सुनार, ज्योति जंगम थिए । डिमर्चाले २०५५ सालमा आफ्नो पहिलो एल्बम ‘खैलाबैला’, २०६२ मा ‘१, २, ३ भन्दिने हो’, २०६४ मा ‘झ्याम्म–झ्याम्म’ र २०६८ मा ‘कोहि छ किन्ने’ एल्बम निकाल्यो ।

डिमर्चा व्याण्डले हालसम्म ६ दर्जन जति गीत बजारमा ल्याईसकेको छ । खैलाबैला भो, तारा खसौली, झ्याम्म झ्याम्म, डान्सिङ अन द रोड, यो डल्लीले, लव प¥यो प¥यो, जन्मायौ प्रभु, पानी घट्ट लगायतका गीत बढी मात्रामा रुचाइयो ।

अहिले डिमर्चा व्याण्डमा मुख्य भोकलिष्टमा भाष्करध्वज श्रेष्ठ, वेस्ट गितारमा विरेन पुन, लिड गितारमा सञ्जय नेपाल, ड्रममा प्रज्वल विक र सफल परियार रहेका छन् । विश्वास गुरुङ, धुर्व सिके, बुद्धि थापा, जोनी तामाङ र अनिल गुरुङले समेत यो व्याण्डमा रहेर काम गरे ।

व्याण्डलाई निरन्तरता दिन र क्रियाशिल बनाउनका लागि सदस्यमा हेरफेर हुने गरेको मुख्य भोकलिष्ट श्रेष्ठले बताए । ‘व्याण्डलाई क्रियाशिल बनाउन सल्लाहमानै सदस्य हेरफेर हुन्छ, यसको उद्धेश्य निरन्तरताको लागि नै हो’ उनले भने ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja