राहतलाई वास्तविक पीडित समक्ष पुर्याउन स्थानीय तहलाई नै बढी जिम्मेवार बनाउनु पर्ने



पुजा फुयाल । म एक दुर्गम जिल्ला सोलुखुम्बुबाट जिबन यात्रा सुुरु गरेर आज यो समयसम्म तितामिठा अनुभव सगाल्दै अनेकौ सपना बोक्दै अगाडि लन्कने कोशिसमा छु। पारिवारिक प्रभावका कारण सकारात्मक सोचको साथ सानै उमेरमा राजनीतिक आस्था बोकेर हिडेकि छु र आफ्नु तर्फबाट जानेको बुझेको कुराहरू देख्दै छु। आज देश विभिन्न कुराबाट दुख्दै छ।

क्वारेन्टाइनमा बसेकोहरुको स्वास्थ्य जाच तथा सुरक्षा खै?यो अन्य विकसित रास्ट्रहरुबाट पनि सिक्नु पर्ने कुरा हो। मानवीय समस्यालाई नै अवसर बनाएर फाईदा लिनु हामी सबैको लागि निराशाको विषय हो

 एकतिर कोरोनाको चपेटामा छौ भने अर्कोतिर हाम्रो मातृभूमि अरुकसैले कब्जा गर्दैछ तर यस्तो अवस्थामा पनि हाम्रो देश हामिले आशा राखेका हामी सबैका अभिभावक अग्रजहरु राजनिती खिचातानी र पदियमोह संगै भ्रष्टाचार मै व्यस्त भएको देखिन्छ। मानिस जबसम्म स्वविबेकशिल हुदैन वा व्याक्ती व्याक्ती सचेत र शिक्षित त्यो पनि नैतिक शिक्षा र व्यहारिक शिक्षाबाट हुदैन तबसम्म हामिले कल्पना गरेको देश बन्ने छैन। लकडाउन लहडी खेल होइन। यो अति जटिल संक्रमणको व्यस्थापन भएको हुदा अनावश्यक दुरुपयोगका कारण पोज र रवाफ देखाउने माध्यम नबनाउन एकदमै ध्यान दिन जरुरी छ र अर्कोकुरा कोरोना रोकथामको उपाय लकडाउन मात्र होइन लाखौको सङ्ख्यामा देश बाहिरबाट नेपाल भित्रिएका नागरिकाहरुको स्वास्थ्य  जाच खै? क्वारेन्टाइनमा बसेकोहरुको स्वास्थ्य  जाच  तथा सुरक्षा खै?यो अन्य विकसित रास्ट्रहरुबाट पनि सिक्नु पर्ने कुरा हो।हामी किन त्रसित छौ र सजक रहेको देखिँदा देखिदै पनि समस्या बढ्दै छ भने त्यो चेतना र शिक्षाको कमि हो। विकसित रास्ट्रहरुलाई अध्यानको विषय बनाएर हेर्दा त्याहाको सुचनाको प्रवाह र सचेत जनता हुनु को कारण मानिसहरु आफ्नै स्वविबेकले संम्यम रहेर आफ्नो दैनिकी चलाएको पाए। त्यैसैगरी हामीपनि स्वविवेकवान कहिले बन्ने पहिला नेतृत्वपङ्ती  बाट नै हामिलाई यस्ताकुराको प्रेरणा गरियोस। पद, पावर,पैसा समेत खर्च गरेर संबेदनसिल अवस्थामा पासको दुरुपयोग स्वास्थ्य सामग्री अभाव एम्बुलेन्सको प्रयोग तस्करी हुनु। मानवीय समस्यालाई नै अवसर बनाएर फाईदा लिनु हामी सबैको लागि निराशाको विषय हो। सरकारको फजुल खर्च र तडकभडक खर्च नियन्त्रण गर्ने बेला यहि नै हो। कुइएको एकबोरा चामलमा राजनीति गर्नेहरुलाई के थाहा दिनदिनै ज्याला मजदुरी  गरेर छाकटार्नु को पिडा! त्यैसैले राहतलाई वास्तविक पीडित समक्ष पुर्याउन  स्थानीय तहलाई नै बढी जिम्मेवार बनाउनु पर्ने देखिन्छ। समस्या संग लड्नु नै जित हो तर हरेक कुराको असर हामीले पुर्व अनुमान र मुल्यांकन गर्न जरुरी छ। सिमामा रहेका नेपाली र विदेशमा रहेका नेपालीहरुलाई सुरक्षित र आवश्यक सहयोग गर्ने   जिम्मा राज्यको हो! यसको समाधान कसरी हुँदै छ होला? लकडाउनका कारण अस्त व्यस्त बनेको विभिन्न व्यापार व्यवसाय जनजीवन सगै विभिन्न क्षेत्रहरु कृषि पर्यटन जस्ता देशका प्राथमिकताका क्षेत्र उकास्न र सहज बनाउन के कस्ता योजना आउदै होलान? अनि जनजीवन कसरी सहज होला यस्ता कुराहरु सहित राज्यले सबैलाई अनुभुती गराउने गरि राज्यको क्षेमताको आधारमा जनताले निस्वार्थ बनेर साथ दिने खालका योजनाहरु सहित भोलिको हाम्रो सपना र राष्ट्र निर्माणको लागि कोरोनाले पाठ सिकएको सम्झदै त्यसको सहजीकरण हुन साथ हामी परोपकारी र विवेकवान राष्ट्र निर्माण मा लाग्नको लागि लाग्नको लागि म र  मेरो मन अति नै आतुर छु।




 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja