पास्टर केशव आर्चायलाई रातारात डोल्पा लगियो




कोराना अपवाह धर्म प्रचार भनी जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरी थुनामा राखेका केशव आर्चायलाई ५हजार कोरोना अपवाह र ५लाख धर्म प्रचार मुद्धाबाट दुई चोटी धरौटी बुझाउदा पनि थुना मुक्त नगरि, फेरि नेपाल प्रहरी द्धारा रातारात डोल्पा लगीएको छ । डोल्पा लगेको स्पष्ट र यथेष्ट जानकारी परिवारलाई भने छैन्, डोल्पामा तपाईको मुद्धा छ भनी लग्यो मुद्धा कसले हाल्यो के हो बुझ्न सकीएन पोखराआज संग कुरा गर्दै मण्डली सदस्य भाई मञ्चीतले बताए । कोरोना भाइरसcovid -19 को संक्रमणले विश्व नै आक्रान्त भएको बेला, आफ्नो आफ्नो धर्म संस्कृती अनुसार प्रार्थना गर्दै गर्दा पास्टर केशव आचार्यलाई , कोरोना अपवाह र धर्म प्रचारको अफवाह फैलाएको भनी, जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको थियो । चत्रै १० गते ,सोमबार, जुम्ला स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका –२९ बस्ने प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यलाई कोरोना भाइरसको विरुद्धमा प्रार्थना गर्दा धर्म प्रचार र अफवाह फैलाएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । नेपालमा हिन्दु धर्मावलम्बीहरुले कोरोना भाइस विरुद्ध यज्ञ लगाएका छन् भने,त्यसै गरि अन्य बौद्ध, जैन, मुस्लीम धर्मावलम्बीहरुले पनि आफ्नो किसीमले प्रार्थना गरिराखेको, छन् तर खिष्टीयन ले प्रथाना गर्दा पक्राउ पर्नु कानुनी राज्यको उपहास र भेदभाव पुर्ण व्यवहार भएको भन्दै खिष्टिय समुदायले राज्यको व्यवहार प्रति गुनासो गरेका छन् । पास्टर आचार्यको वास्तवीक भिडीयोमा पास्टर आर्चायले बचन प्रचार गरि कोराना भाइरस विरुद्ध प्रार्थना गरेको ले, पास्टर आचार्यले कानुन उलंघन हुने काम ,नगरेकोले पक्राउ गर्नु पर्ने कारण नहुदां पनि थुनामा राख्ने ,र धरौटी तिर्दा पनि, थुनामा एक ठाउँ बाट अर्को ठाउँमा सार्ने , थुना मुक्त नगर्ने , नागरीक प्रतीको लोकतान्त्रीक देशमा यो कस्तो व्यवहार हो ? प्रश्न गर्दै खिष्टियन समुदायले विभिन्न सामाजिक संञ्चालमार्फत विरोध गरिरहेका छन् । देशमा धर्मनिपेक्षता संस्थागत भई नयाँ संविधानको प्रस्तावनामा नै बहुजातीय, बहुभाषिक, बहुधार्मीक,बहुसांस्कृती तथा भौगोलिक विविधतायुक्त विषेशतालाई आत्मसात गरेको कुरा स्मरण गराउँदै, संविधान अनुसार सबै नागरिकलाई समान हक र स्वतन्त्रता प्रदान गरिने कुरालाई सरकारले सम्मान गर्नू पर्ने बेलामा धर्म र समुदायअनुसार थिचो मिचो गर्नु कानुनी राज्यको उपहास हो , भन्ने खिष्टियन समुदायको गुनासो छ । संविधानले धर्मनिपेक्षता लाई आत्मसात गरेकोले संविधानलाई सम्मान गर्दै सरकारले पास्टर आचार्यलाई थुनामुक्त गर्नु पर्ने खिष्टिएन समुदायको माग छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja