कोराइटाइनमा लापरवाहीको कारण बाँकेमा कोरोना स्रक्रमण बाट २५ बर्षे युवकको मृत्यू ,



कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएका बाँके नरैनापुरका २५ वर्षीय युवक बुधबार मात्र नेपाल आइपुगेको पाइएको छ ।

नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयाँ बस्तीका उनको आइतबार बिहान मृत्यु भएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनी मुम्बईबाट दुई साता लामो यात्रा गरेर नरैनापुर आएका थिए । लामो पैदल यात्राका कारण उनको खुट्टा सुन्निएको थियो । शनिबार राति उनलाई एक्कासी ज्वरो आयो ।

स्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भएको हो । ‘अरु कुनै रोग भएजस्तो थिएन’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले भने, ‘राति एक्कासी ज्वरो आएको र वान्ता पनि गरेका रहेछन् । पछि स्वास्सप्रस्वासमा पनि समस्या देखिएछ ।’

एम्बुलेन्स खोज्दाखोज्दै युवकको ज्यान गएको उनले बताए । तर क्वारेन्टाइनमा बसेकाहरुले समयमा उपचार नपाएर उनको मृत्यु भएको बताएका छन् ।

क्वारेन्टाइनमा बसेका उनलाई एक दिनअघि नै वाकवाकी लाग्ने समस्या थियो । शनिबार राति लगातार दुई घण्टा वान्ता गरेका थिए । तर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीद्वय दिनेश मौर्य र प्रेम बुढा दुबै त्यहाँ थिएनन् ।

उनलाई अस्पताल लैजान खोज्दा पीपीई नभएको भन्दै एम्बुलेन्स पनि आएन । क्वारेन्टाइन व्यवस्थापन गरिरहेका नरैनापुर गाउँपालिका–६ का वडा सचिव जीवनलाल यादव पनि सम्पर्कविहीन भएको उनीहरुको आक्रोश छ ।

विहान १० बजेसम्म गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राबाहेक स्वास्थ्यकर्मी र अन्य कर्मचारी घटनास्थलमा नपुगेको बाँकेका पत्रकार विनय दीक्षितले बताए । क्वारेन्टाइनमा बसेकाहरुले असुरक्षित भएको भन्दै घर पठाउन माग गरेका छन् । ‘यो क्वारेन्टाइन असुरक्षित छ, हामीलाई घर नपठाए अन्दोलन गर्छौं’ क्वारेन्टाइनमा बसेका एक युवकले भनेका छन् ।

टोपराज शर्मा
द्धारा लेखीएको अनलाईन खबरबाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja