शुन्यतामा रुमल्लिएको यो सहरलाई सहर भन्नै मन लाग्दैन



सुगिता खनाल /

आज लकडाउनको ४९ औँ दिन । १० बजेमात्र मेरो निन्द्रा खुल्यो । आजकल मेरो बिहान दश बजेबाट मात्र शुरू हुन्छ किनकी मेरा आँखाहरु राति १ बजेपछि मात्र निदाउने गर्छन । झ्याल नजिक गएर पर्दा खोले । आज आकाश खुलेको रैछ । लाग्यो धेरै दिनदेखि रिसाएर धुम्म परेको आकाश आफ्नो रिस शान्त भएपछि फेरि खुलेर आयो । यसैबिच मेरो आँखा छिमेकीको कौशीमा गयो । काठमाण्डौमा मानिसहरुका मन चाहे जति नै टाढा किन नहुन्, तर हरेक घरका कौशी र झ्यालहरु अवश्य जोडिएका हुन्छन् । छिमेकी दाई आफ्ना छोरीहरुलाई पढाउदै थिए । मेरा कानले प्रष्ट सुने उनले बोलेको त्यो वाक्य – समय सबैभन्दा बलवान छ ।  यो वाक्य मैले सानैदेखि स्कुल र घरमा बाबाको मुखबाट सधै सुन्दै आएकी थिए । वाक्य कन्ठै थियो तर वाक्यको सहि अर्थ बुझ्न जिन्दगीको २५ वसन्त कटाउनुपर्यो । समय साच्चिकै बलवान रैछ महशुस गर्दैछु आजकल । समयले ज्ञान र सयौं अनुभवहरु दिएर जाने रैछ र बदलामा हाम्रो निर्दोषता र वास्तविकता लिएर जाने रैछ ।

सोच्न र सम्झनलाई मसँग आजकल भरपुर समय छ । त्यसैले सम्झिए दुई महिना अघिको मेरो जिन्दगी ।  दौडधुप, भागदौड र व्यस्तता प्रयायवाची शब्द बनेका थिए, मेरो जिन्दगीका निम्ति । साढे पाँच बजेको अलार्मले जबरजस्ती आँखा खोलिदिन्थे मेरा । पछि समय नपुग्ने भएकाले अफिसकै लुगामा कलेज जान्थे । कलेजपछि होस्टेल फर्की मुखमा दुई चम्चा भात छुवाई दौडिदै पुतलीसडकवाला बसस्टप पुग्थे । अब काठमाण्डौको बसहरु बारे त सबैलाई थाहा छदैछ । जहिल्यै भिड, अझै अफिस टाइमको त कुरै नगरौ, सिट पाउनेबारे सोच्दै नसोचौ, दुइवटा खुट्टा मात्र टेकेर उभिन पाउदा पनि आफुलाई भाग्यमानी ठान्नुपर्छ । सधै बसको असजिलो यात्रा गौशाला चोकसम्म अनि फेरी २० मिनेट जति पैदल हिडेर पुग्नुपर्ने तिलगंगाको मेरो अफिस । अफिस पुगेर हाजिर गरी राम्ररी लामो सास पनि फेर्न नपाउदै बाहिर ग्राहकहरुको लामो लाइन शुरू भैसकेको हुन्थ्यो । अनि शुरु हुन्थ्यो काम अनि मात्र  काम । ग्राहकहरुको गुनासाहरु, हाकिमले दिएका ग्राहक र खाताका लक्ष्यहरु, पेन्डिङ  कामहरु अनि त्यो दिक्कलाग्दो व्यस्तता । बैंकको जागिर अरुको भन्दा अलिक कठिन नै हुन्छ । खाजा खाने समय निकाल्न पनि हम्मेहम्मे । अझैँ कहिलेकाही त बल्लबल्ल समय निकालेर खाजा खादै गर्दा ग्राहक टुप्लुक्क आइपुग्थे । एकछिन भनि ग्राहकलाई कुराएर आफु खाजा खाएर बस्न मन लाग्दैन मलाई । आधा बचेको खाजा त्यही टेबलमा राखी उहाँहरुको काम सकाएर फेरि खाजाको प्लेट समात्दा चिसो भइसकेको खाजा देखेर पेट भोको नै भएपनि मन अघाउथ्यो । अनि त्यहि प्लेटमा बसिराक्थ्यो मेरो खाजा र फेरी शुरू हुन्थ्यो मेरो काम ।

तर त्यो सुन्दरताको पनि के औचित्य जसलाई हाम्रा आँखाले नियाल्न पाउदैनन् । आजकल हरेक दिन हिजोका फोटोकपी जस्ता मात्र लाग्छन् । केही नयाँ छैन, सबै दोहोरिदा । अब आजकल बन्द बसेका पसललाई पसल भन्न मन लाग्दैन, खाली सडकलाई कसरी सडक भन्नु ? शुन्यतामा रुमल्लिएको यो सहरलाई सहर भन्नै मन लाग्दैन । भजन र घन्टीका आवाज नदिने भवनलाई के मन्दिर भन्नु रु डरैडरमा चलिरहेको जिन्दगिलाई पनि के जिन्दगी भन्नु ? ४९ दिनको यस लकडाउनको समयले धेरै पाठ सिकायो मलाई । धैर्यताको पाठ सिकायो ,  मानिसहरु एकै ठाउँमा केहि नगरी धैर्य भएर बस्न सक्ने पनि त रैछन् ।

व्यस्त दिन र भिडको गाडीमा उभिएर थकित शरीरलाई जवरजस्ती होस्टेलसम्म पुगाउनुपर्थ्यो त्यो पनि ६ बजे पछि मात्र । होस्टेलको सन्ध्याकालीन सभा, मेसको रुखोसुखो खाना अनि बिहान सरले दिएका असाइनमेन्ट गर्दा गर्दै कुनबेला थाकेका मेरा आँखा निदाउथे पत्तै हुदैनथ्यो । भोलिपल्ट नयाँ बिहानी तर मेरो उहि पुरानै रुटिन । दिक्क भैसकेकी थिए म आफ्नो व्यस्तताबाट । भिड भाडको यो सहरमा पनि एक्लोपन महशुस हुन्थ्यो । सायद सपनामा मात्र देखिएको मिठो गन्तव्यमा पुग्नका निम्ति त्यो व्यस्तताको यात्रा गरिरहेकी थिए म । जसरी यो सहरका लाँखौ मानिस हिडीरहन्छन् त्यसरी नै । दिक्कलाग्दो त्यस व्यस्तता बाट मलाई थोरै फुर्सद चहिएको थियो । केही नगरी खाली बस्नका लागि फुर्सद खोजेकी थिए मैले । चाहेका सबै कुराहरु पुरा नभए पनि केही त अवश्य पुरा हुने रैछन क्यार । कोरोनाको त्रास एकातर्फ अनि सरकारले घोषणा गरेको लकडाउनको खुसी अर्कोतर्फ़ जस्तै थियो मेरो लागि ।

झुट नबोली भन्नुपर्दा १० दिने लकडाउनको खबरले केही खुसी थिए म किनकी मैले खोजिरहेको फुर्सद बल्ल जो पाउँदै थिए मैले । लकडाउनले देश लक गर्नुभन्दा पहिले नै मेरो कलेजले होस्टेल लक गरेको थियो । त्यसैले बहिनीको किर्तिपुरमा भएको कोठामा बस्न आएकी थिए केहि दिनका निम्ति । मैले धेरै दिनदेखि खोजेको फुर्सद अनि मेरो थाकेको शरीरले केही दिनको आराम पाउदै थियो त्यसैले म मक्ख परेकी थिए । लकडाउनका शुरुका दिन रमाइलो सँगै बिते । लकडाउनले जुराएको फुर्सदसँगै मैले आफुले आफुलाई महशुस गर्न थालेकी थिए । कौशीमा गएर ताजा हावा महशुस गरे, पन्छीको चिरविर आवाजको आनन्द लिए, खुलेको स्वच्छ र निलो आकाशलाई नियाँले, जुन र ताराहरुसँग गफ गरे । म लकडाउनमा यति डुबेछु कि मैले पहाडहरु मुस्कुराएको देख्न थाले, बादलले आकाश सजाएको देखे, घर नजिकका रुखहरु नाचेको देखे, बतासले सुगन्ध छरेको महशुस गरे र सधै धुलो धुँवाले कुरुप बनाएको सहर सुन्दर देख्न थाले । शुन्यतामा मग्न भएकी म आफैले पकाएको खानाको स्वादमा रमाउन थालेकी थिए । सबैभन्दा बढि त म त्यो फुर्सद अनुभव गरिरहेकी थिए जसका निम्ति म धेरै लामो समयदेखि छट्पटिरहेकी थिए ।

  • हुन त आजकल बागमती सफा भएको छ रे, सडकमा धुलो धुँवा केही छैन रे, प्रकृति पुरै खुलेको छ रे ।तर त्यो सुन्दरताको पनि के औचित्य जसलाई हाम्रा आँखाले नियाल्न पाउदैनन् । आजकल हरेक दिन हिजोका फोटोकपी जस्ता मात्र लाग्छन् । केही नयाँ छैन, सबै दोहोरिदा । अब आजकल बन्द बसेका पसललाई पसल भन्न मन लाग्दैन, खाली सडकलाई कसरी सडक भन्नु ? शुन्यतामा रुमल्लिएको यो सहरलाई सहर भन्नै मन लाग्दैन

मान्छेलाई सधै एउटा मात्र कुराले खुसी प्रदान गर्न सक्दैन सायद । त्येसैले त होला जबजब लकडाउनका दिनहरु बढ्दैगए तबतब मलाई एकान्त बासले बेचैन बनाउन थाल्यो । पहिला जुन कुरालाई मैले फुर्सद सम्झिरहेकी थिए अब मलाई त्यहि कैद जस्तो लाग्न थाल्यो । त्यै पहाड, त्यै आकाश कति नियाल्नु ? ती बोल्दै नबोल्ने जुन तारासँग एक्लै कति गफ गर्नु ? अल्छी पो लाग्न थाल्यो अब । समाचार हेर्यो ,  सिमामा अलपत्र नेपालीको गुहार, कोरोनाले थलिएका विश्वका लाखौँ मानिसका चित्कार, समाजमा बढ्दो घरेलु हिंसाका खबर, लाखौं गरीबका भोका पेटले खोजेको आहार अनि पढ्यो हामीले अभिभावक सम्झिरहेका सरकारको गैरजिम्मेवार र विस्तारै लाग्नथाल्यो सबै दिक्दार ।

हुन त आजकल बागमती सफा भएको छ रे, सडकमा धुलो धुँवा केही छैन रे, प्रकृति पुरै खुलेको छ रे ।तर त्यो सुन्दरताको पनि के औचित्य जसलाई हाम्रा आँखाले नियाल्न पाउदैनन् । आजकल हरेक दिन हिजोका फोटोकपी जस्ता मात्र लाग्छन् । केही नयाँ छैन, सबै दोहोरिदा । अब आजकल बन्द बसेका पसललाई पसल भन्न मन लाग्दैन, खाली सडकलाई कसरी सडक भन्नु ? शुन्यतामा रुमल्लिएको यो सहरलाई सहर भन्नै मन लाग्दैन । भजन र घन्टीका आवाज नदिने भवनलाई के मन्दिर भन्नु ? डरैडरमा चलिरहेको जिन्दगिलाई पनि के जिन्दगी भन्नु ? ४९ दिनको यस लकडाउनको समयले धेरै पाठ सिकायो मलाई । धैर्यताको पाठ सिकायो ,  मानिसहरु एकै ठाउँमा केहि नगरी धैर्य भएर बस्न सक्ने पनि त रैछन् । हिम्मतको पाठ सिकायो- पूर्वदेखि पश्चिमसम्म हिडेरै यात्रा तय गर्न सक्ने नेपाली कति हिम्मतिला । आपतमा दुई किसिमका मानिस हुनेरैछन् – एक किसिमकाले आफुलाई चाहिने भन्दा बढी रासन थुपार्ने रैछन् अनि अर्का किसिमकाले आफुसँग भएको थोरै पनि अरुलाई बाढ्ने रैछन् । पैसाले त जीवन कहिल्यै पनि किन्न नसक्ने नै रैछ । भिडभाड र भागदौड जोसँग म चिढिएकी थिए, त्यो त मेरो जिन्दगीको अमुल्य पाटो पो रैछन् । एकान्तमा त मन अझ बढि एक्लिने रैछ । फोहोर, धुलो, धुँवा पचाउन त हामी बानी परिसकेका रैछौँ । त्यसैले बल्ल अब बुझे कि जे हामीले पाईरहेका थियौँ, त्यो नै हाम्रा निम्ति सबैभन्दा उत्कृष्ट रैछ । त्यसैले अब त मलाई फेरि जिन्दगीको त्यहि भागदौडमा फर्किन मन लाग्दैछ । 

मलाई विश्वास छ कि हरेक संकटहरु जितेको मान्छेले कोरोना पनि एकदिन अवश्य जित्नेछ । यो शुन्य बनेको सहर एकदिन फेरि भरिनेछ । त्यी सन्नाटा छाएका मन्दिरहरुमा फेरि भजन र घन्टीका आवाजहरु गुन्जनेछन् । स९साना नानीहरु फेरि रमाउदै स्कुल जानेछन् । चोकचोक र चिया पसलमा बसेर फेरि छिट्टै बुढापाकाहरु देश र राजनिती बारे चर्चा गर्नेछन् । सडकमा प्रेमिल जोडीहरु निस्फिक्री हात समाई हिड्नेछन् । पिंजडाको पन्छीजस्तै बनेका मानिसहरु फेरि स्वतन्त्र हुनेछन् । यो गाह्रो समय एकदिन अवश्य सकिनेछ । यो डरलाग्दो रातपछिको उज्यालो दिन अवश्य पनि आउनेछ ।

यो लामो समयको नजरबन्दीले मलाई स्वतन्त्रता र रफ्तारको महत्व प्रष्टाइदिएको छ र अब फेरि जब म मेरो व्यस्त जीवनमा फर्कनेछु तब मलाई रफ्तार र व्यस्ततासँग कुनै गुनासो हुनेछैन किनकी मैले बुझिसकेकी छु कि व्यस्तता भन्दा निकै कठिन रैछ केहि नगरी खाली बस्नु । यस्तै सोच्दै थिए बहिनीले हातमा चिया ल्याएर सोधि, चियासँग बिस्कुट खान्छेस कि पफ ? अनि मैले फिस्स हाँस्दै भने – जे भए नि चल्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja