एक पुरुषमा कोरोना संक्रमण पुष्टि



धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका– ८ निवासी ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ। मंगलबार एकै दिन नेपालमा ८३ जना नयाँ संक्रमित फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja