कोरोना संक्रमणको जोखिममा रहेकै बेला देशका विभिन्न स्थानमा दादुरा रोग



। कोरोना संक्रमणको जोखिममा रहेकै बेला देशका विभिन्न स्थानमा दादुरा रोग फैलिएको छ । गत माघ महिनायता तीनवटा प्रदेशको सात जिल्लामा दादुरा रोगको प्रकोप देखिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार अहिलेसम्म झापा, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, धादिङ र गोरखामा गरी १८५ जनामा दादुरा संक्रमण देखिएको छ ।

झापाको दमकमा २१, सर्लाहीमा ६, ललितपुरको खोकनामा १८, धादिङको वेनिघाट र गजुरीमा गरी ११३, काठमाडौँको पेप्सीकोलामा १४, चितवनको राप्ती नगरपालिकामा ८ र गोरखाको गण्डकी गाँउपालिकामा ५ जनामा दादुरा देखिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । यीमध्ये धादिङमा दुई बालबालिकाको मृत्यु भएको छ ।

उनका अनुसार दादुराको संक्रमण देखिएकामध्ये ८५ प्रतिशत व्यक्तिले खोप पाएका छैनन् । बाँकी १५ प्रतिशत पनि पूर्ण खोपबाट बञ्चित छन् । तर संयोग यस्तो छ कि अहिले प्रकोप देखिएका सातवटै जिल्ला सरकारले पूर्ण खोप घोषणा गरेका जिल्ला हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja