कोरोना भाइरसका लक्षणहरू बिग्रदै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा



कोरोना भाइरसका लक्षणहरू बिग्रदै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारिएको डाउनिङ्ग स्ट्रिटले जनाएको छ।
एकजना प्रवक्ताले बोरिसलाई उनका चिकित्सकिय टोलीको सल्लाहमा सघन कक्ष सारिएको बताए। बोरिसले त्यहाँ उत्कृष्ट हेरचाह पाइरहेको उनको भनाइ छ।
ती प्रवक्ताले प्रधानमन्त्री बोरिसले विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक परेको ठाउँमा आफ्नोतर्फबाट काम गर्न भनेको बताए।

कोरोना भाइरसको लक्षण देखिएको १० दिनपछि पनि उस्तै लक्षण र ज्वरो देखिएपछि बोरिसलाई उनका चिकित्सकको सल्लाहमा आइतबार लण्डनको सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।
मार्च २७ मा कोरोना भाइरसको लक्षण देखिएपछि बोरिसले ‘आइसोलेसन’मा बसेर काम गर्दै आइरहेका थिए।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा सोमबार दिउँसो उनको स्वास्थ्य केही बिग्रिएपछि चिकित्सकको सल्लाहमा सघन उपचार कक्षमा सारिएको जनाइएको छ।
बिबिसीमा प्रकाशित समाचारका अनुसार आवश्यक परेको खण्डमा प्रधानमन्त्री भेन्टिलेटरको नजिक हुन सकुन भनेर उक्त निर्णय लिएको हो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja