खाद्यवस्तु आयातको प्रतिबन्धलाई शर्तसहित फुकुवा गरीयाे



कोरोना प्रभावित मुलुकबाट हुने खाद्यवस्तु आयातको प्रतिबन्धलाई सरकारले शर्तसहित फुकुवा गरेको छ । क्वरेन्टाइन मापदण्ड पालना गरेर खाद्य वस्तु आयात गर्नसक्ने निर्णय भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

‘आयातीत खाद्य वस्तु १४ दिन क्वारेन्टाइनमा राखेर स्वदेश भित्र्याउन पाइने गरी यसअघिको प्रतिबन्ध हटाइएको छ,’ विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले भनिन् । यसअघि स्थगन गरिएको खाद्य वस्तु आयात अनुमति पत्र जारी पनि उक्त निर्णयसँगै खुला भएको उनले जानकारी दिइन् ।

शर्तसहितको नयाँ व्यवस्थाअनुसार अब व्यवसायीले विदेशी मुलुकबाट आयात हुने सबै प्रकारका खाद्य वस्तु अनिवार्य १४ दिन क्वरेन्टाइनमा राख्नुपर्ने विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं सूचना अधिकारी मोहनकृष्ण मर्हजनले बताए ।

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय र स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको क्वारिन्टाइन प्रोटोकलमा रहेर भन्सार विन्दु वा ट्रान्जिटमा त्यस्ता वस्तु क्वारिन्टाइनमा राखिने छ,’ महर्जनले भने ।

खाद्य वस्तुमा कोरोना संक्रमण जीवित रहनसक्ने तथा यसबाट कोरोना सर्नसक्ने जोखिमबारेको वैज्ञानिक आधारहरु कमजोर पाइएपछि यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेर आयातमा प्रतिबन्ध लगाएको मरिच, सुपारी लगायतका वस्तुको आयात अनुमति भने रोक्का नै छ ।

तर, मासु र वनस्पतीजन्य वस्तुको आयात रोक्ने निर्णय पनि यथावत नै छ । प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईँका अनुसार बिउबिजनको आयात हुन पाउने गरी मासु र हरियो तरकारी तथा बिरुवा आयात भने खोलिएको छैन ।

@@फागुन अन्तिम साता सरकारले कोरोना अतिप्रभावित पाँच मुलुकबाट खाद्य वस्तुको आयात अनुमति स्थगनको निर्णय गरेको थियो । उक्त निर्णयपछि चीन, दक्षिण कोरिया, इटाली र जापान लगायतका मुलुकबाट पशु, खाद्य र वनस्पतीजन्य वस्तुको आयात रोकिएको थियो

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja