कृर्षि व्यवसायलाई राहत प्याकेज मन्त्री परिषदमा पेश



कोरोनाका कारण पीडित बनेका कृषकलाई पहिलो चरणमा दिइने राहतको प्रस्ताव कृषि तथा पशुप‌ंक्षी विकास मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार राहत प्याकेजको स्रोत व्यवस्थापनमा सहमति जुटे साना र ठूला कृषकका लागि सोमबार पहिलो चरणको राहत सरकारले घोषणा गर्नेछ ।

कृषि मन्त्रालयले तीन प्रकारको क्षेत्रगत राहत प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । जसअनुसार गाईपालन गरेर दुग्ध व्यवसाय गरेका साना किसान, सानो क्षेत्रमा कृषिजन्य उत्पादनमा सहभागी न्यून आय भएका कृषक र कुखुरा पालन व्यवसायमा रहेका कृषकहरुले पहिलो चरणमा राहत पाउनेछन् ।

मन्त्रालयले प्रस्ताव गरेको राहत प्याकेज अनुसार गाईपालन गरेर दुग्ध व्यवसाय गर्ने साना किसानले स्थानीय सहकारी डेरीको सिफारिसमा एक महिनासम्म प्रतिलिटर दूधमा १० रुपैयाँ अनुदान दिन भनिएको छ ।

त्यस्तै, एक पटकमा पाँच सय संख्याभन्दा कम बोइलर कुखुरा पालन गर्ने कृषकलाई अर्को पटकको कुखुरा पालनमा प्रतिकुखुरा ६० रुपैयाँ र सोही संख्यामा लेयर्स कुखुरा पालक कृषकलाई प्रतिकुखुरा एक सय २० रुपैयाँ अनुदान दिन प्रस्ताव गरिएको छ ।

थोरै जमिनमा तरकारी, फलफूल एवं कृषि पेशा गर्ने किसानका लागि उनीहरुको उत्पादनको लागत मूल्याङ्कन गरेर नगद अनुदान दिनुपर्ने मन्त्रालयको सिफरिसमा भनिएको छ ।

ठूला कुखुरापालक तथा कृषकहरुलाई भने ऋणको सीमा बढाइने, ब्याजदरमा अनुदान दिने जस्ता विषय समेटेर राहत सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

क्षतिको मूल्याङ्कन गर्न मन्त्रालयले परिचालन गरेको संयन्त्रको सिफारिसका आधारमा प्रथम चरण राहतको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

राहत अनुदानको आकार निकै ठूलो भएकाले यसमा केही संशोधन हुनसक्ने मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja