आफ्नै देश आउन नारा जुलुस गर्न पर्ने गलत व्यवस्था :देउवा



नेपालीलाई नै नेपाल छिर्न नदिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । आफ्नो देशमा आउन जनताले नारा जुलुस गर्नुपर्ने भन्दै उनले प्रश्न पनि गरेका छन् । ट्‍विटरमार्फत सर्वसाधारण जनताले आफ्नै देशमा आउन लागि नारा जुलुस गर्नुपर्ने यो कस्तो अवस्था हो भन्दै उनले प्रश्‍न गरेका हुन् ।

उनले लेखेका छन्, ‘आफ्नो देशमा आउन पनि नारा जुलुस गर्नुपर्ने यो के हो ? दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौं नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु ।’

भारतमा काम गर्न गएका नेपालीहरु सरकारले प्रवेश गरिसकेकाहरु क्‍वनरेन्टाइनमा बस्न नमानेका कारण थप आउन खोज्नेबाट कोरोनाको संक्रमण फैलनसक्ने भन्दै लकडाउनका साथै सिमा नाकाहरु समेत बन्द गरेको छ । छिमेकी मुलुक भारतमा पनि कोरोनाको कारणले २१ दिन लामो लकडाउन गरेको छ । लकडाउन पश्चात् कामको सिलसिलामा भारत पुगेका हजारौँ नेपालीहरुको बिजोग भइरहेको छ । काम गर्न गएको ठाउँमा पारिश्रमिक समेत नपाई नेपाली श्रमिक खेदिएका छन् ।

यता, सरकारले नाकाबाट आवतजावत बन्द गरेपछि उनीहरुले नेपाल फर्कन माग गर्दै आन्दोलन गरिरहेका हुन् । महाकाली हामफालेर तीन जना नेपाली सोमबार दार्चुला पुगेका थिए । यद्यपि दार्चुला जिल्लाको सीमावर्ती क्षेत्र धारचुलाको पुल क्षेत्रमा अलपत्र परेका नेपालीको लामो नारा जुलुसपछि भारतीय पक्षले व्यवस्थापन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja