फिलिपिन्समा लकडाउन उल्ङ्घन गरे गाेलि हान्ने आदेश



फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लक डाउनको उल्लंघन गरे गोली हान्न आदेश दिएका छन्।
बुधबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसका कारण जारी गरिएको लक डाउनको उल्लंघन गर्नेलाई गोली हान्न सेना र प्रहरीले आदेश दिएका हुन्।
‘स्थिति झन् नराम्रो हुँदै गएको छ। त्यसैले फेरि एकपटक म यो समस्याको गम्भीरताबारे बताउँदैछु र तपाईंहरूले सुन्न पर्छ,’ उनले भने,’प्रहरी र सेनालाई मेरो आदेश छ…. यदि त्यहाँ समस्या छ र कुनै मान्छे झगडा गर्न आए तपाईंहरूको ज्यानलाई खतरा हुन्छ भने, उनीहरूलाई मर्ने गरी गोली हान्नु।’

त्यस्तै स्वास्थ्य अधिकारीहरूलाई गरिने दुर्व्यवहार अपराध रहेको र सहन नसकिने बताएका थिए।
फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ९६ जनाको मृत्यु भइसकेको छ भने २३११ जनामा संक्रमण पुष्टि भएको छ।

गत तीन हप्तामा दैनिकजसो सयौं नयाँ बिरामीहरू भेटिन थालेका थिए।
बुधबार मनिलाको एक बस्तीबाट कयौं नागरिक पक्राउ परेका थिए। त्यहाँका बासिन्दाहरू खाना नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए।
उनीहरूको आन्दोलनले लकडाउनमा समस्या आएको भन्दै राष्ट्रपतिले गोली हान्न आदेश दिएका हुन्। उनले त्यसरी गोली लागेर मरेका मानिसलाई आफू गाड्न तयार रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja