सीसीएमसी स्थापना



सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनाको छाउनी स्थित महावीर गण (रेञ्जर) हाताभित्र ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)स्थापना गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा नेपाली सेनाको प्रबन्ध रथी र स्वास्थ्य मन्त्रालयका १२ औं तहका प्रतिनिधिहरूको समन्वयकारी भूमिका रहनेगरी सेन्टर स्थापना गरेको हो ।

कार्यालय स्थापना, प्रारम्भिक सूचना प्रणालीको विकास, अत्यावश्यक जनशक्तिको व्यवस्थापन र स्थायी कार्यविधिहरूको मस्यौदा विकास गर्ने कार्यसम्पन्न भइसकेको सीसीएमसीले जनाएको छ ।

कोभिड–१९ विरुद्धको प्रतिकार्य गर्नका लागि उच्चस्तरीय निर्देशक समितिको मातहतमा, सहजीकरण समिति अन्तर्गत् रहेर प्रतिक्रियालाई प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्न सीसीएमसी स्थापना गरिएको हो ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले मंगलबार निरीक्षण भ्रमण गरेर सीसीएमसीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आवश्यक निर्देशन दिए ।

उनले सीसीएमसीले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरेको तयारी र प्रगति प्रतिवेदन लगायतका भावी योजनाबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja