पाेखरा महानगरपालिकाले ल्यायाे राहतकाे कार्यक्रम



विश्वव्यापी रूपमा फैलिएको कारोना भाइरसको संक्रमणको रोकथामका लागि कारकारले ३ साताका लागि ‘लकडाउन’ गरेपछि खाद्यान्नको अभावमा कोही पनि भोकै बस्न नपरोस भनेर पोखरा महानगरपालिकाले राहतका कार्यक्रम ल्याएको छ ।
‘लकडाउन’का कारण प्रताडित भएका निम्नवर्गका नागरिकलाई महानगरपालिकाले करिब २ करोड बराबरको राहात वितरण गर्ने भएको छ । बुधबारदेखि महानगरभित्र रहेका निम्न वर्गीय १० हजार परिवारलाई २ हजार बराबरको खाद्यान्न सामग्री वितरण गर्ने तयारी भइरहेको मेयर मान बहादुर जिसीले जानकारी दिए ।
उनले २ दिनसम्म ३३ सै वडाबाट सिफारिस गरि सक्ने बताउँदै सिफारिसमा परेका घर परिवारलाई बुधबारदेखि राहात वितरण गर्ने योजना महानगरले बनाएको बताए। ‘जस्को बिहान बेलुका चुल्हो बाल्नका लागि दैनिक मजदुरी गर्ने गरेका थिए । त्यस्ता निम्न बर्गीय परिवारलाई राहत स्वरुप महानगरले सहयोग गर्ने छ’ उनले भने ‘जसले ज्यामी मजदुरी गरि जिविकोपार्जन गर्दै आएको छ। त्यस्ता परिवारलाई सहयोग गर्छौ।’
वडाले त्यस्ता परिवारको किटान गरि सकेपछि टोकन वितरण गर्ने छ । टोकन पाएको परिवारले आफ्नो टोल नजिकैको पसलबाट उक्त राहत पाउने छन् ।

मेयर जिसीले हरेक वडामा तोकिएको फोकल पर्सनको सिफारिसमा निम्न वर्गको परिवार छनोट गरिने बताए । ‘यो प्रदेश सरकारको समन्वय पनि हो । यहीकै स्थानीय हुनैपर्छ भन्ने होईन लकडाउनपश्चात दैनिकी गुजार्न हम्मे हुने परिवारलाई मात्रै राहात दिने हो ।’
जिसीले आज र भोलीसम्म ३३ वडाबाटै नामावली संकलन गरिसक्ने बताँउदै बुधबारदेखि निश्चित सप्लायर्सबाट राहत प्रदान गर्ने व्यवस्था गरिएको बताए । उनने विभिन्न सप्लायर्सबाट वितरण गर्ने व्यवस्था मिलाईने जानकारी दिदै सप्लायर्स निश्चित गर्ने जिम्मा पोखरा उद्योग वाणिज्य संघलाई दिईएको बताए ।
‘कुनै एक सप्लायर्सले ५० हजार बराबरको समान वितरण गरेपछि हामीकहाँ आएर नगद भुक्तानी लग्छ’ ‘ मेयर जिसीले भने । ‘निम्न वर्गीय परिवारलाई २५ केजी चामल, नुन, तेल तथा दाल गरि २ हजार बराबरको राहात वितरण गरिने छ ।’
महानरले करिब १० दिनसम्मको लागि यो प्याकेज ल्याएको हो । राहतका लागि छुट्टाइएको २ करोड रकम १० दिनसम्ममा पनि नसकिए राहत कार्यक्रम थप्ने मेयर जीसीले बताए । महानगरले राहत लिनको लागि नागरिकता र घरभाडा सम्झौता चाहिने बताएको छ । यसले केही निम्न बर्गियलाई प्रभाव पार्ने देखिएको छ।
महानगरले दैनिक ज्यालादारी गरेर छाक टार्ने अति विपन्न परिवारको लागि यस्तो कार्यक्रम ल्याएको जनाएको हो । विपन्न परिवारलको संख्या वडाबाट संकलन गरि महानरले २ करोड रुपैयाँको कोष खडा गरेर महानरले राहत बाड्ने योजना बनाएको प्रमुख जिसीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja