काेराेना भाईरस बाट सजग रहन विश्वमा रहेका नेपालीमा कांग्रेस सहमहामन्त्री डा.महतकाे अपिल



नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले विश्वमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कोरोना भाइरसको प्रकोपबाट बच्न र सुरक्षित रहन अपिल गरेका छन् ।
मंगलबार एक विज्ञप्ति प्रकाशन गरी डा.महतले नेपाली डायस्पोरा विश्वमा नै छरिएर रहेको र अहिले लगभग विश्व नै ‘कोभिड १९’ भाइरसको प्रकोपबाट पीडित रहेको अवस्थामा सबैतिर रहेका नेपालीलाई यस महामारीको प्रकोपबाट सुरक्षित र स्वस्थ रहन अपिल गरेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्– यतिखेर विश्व नै कारोना भाइरसको संक्रमणबाट पीडित छ र धेरै प्रभावित भएका देशहरुमा पनि ठूलो संख्यामा नेपाली दाजुभाइ दिदीबहिनीहरु रहेकोले आफू रहेका ठाउँमा पहिला आफू सुरक्षित हुनुहोस् र अरुलाई सुरक्षित बनाउनका लागि पनि आफ्नो ठाउँबाट सहयोग पुर्याउनुहोस् भनी म अपिल गर्न चाहन्छु ।
यस प्राणघातक भाइरसबाट तपाईँहरुको सुरक्षा र सुस्वास्थ्यका लागि म भगवानसँग प्रार्थना गर्दछु– पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा.महतले विज्ञप्तिमा भनेका छन् ।
साथै उनले सो विज्ञप्तिमा विश्वका विभिन्न देशमा रहेका सबै नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली संघलाई यस्तो संकटको बेलामा सबै नेपालीलाई सहयोग र सुरक्षा प्रदान गर्न नेतृत्वदायी भूमिकामा रहेर काम गर्न पनि अपिल गरेका छन् ।
अहिले कुनै एक देश या क्षेत्र विशेषले नभएर विश्वले नै यो अकल्पनीय संकटको सामना गरिरहेको र यसले विश्वको अर्थतन्त्र, व्यवसायमा मात्र नभएर नागरिकको जीवन पद्दतिमाथि नै धावा बोलिरहेको अवस्थामा धैर्य र संयमताका साथ आ–आफ्नो ठाउँमा स्वस्थ र सुरक्षित भएर बस्न उनले सबैलाई आग्रह गरेका छन् ।
हाल विश्वका विभिन्न देशले यो संकटको सामना गरिरहेको र पछिल्लो समयमा नेपाल पनि यसबाट अछुतो रहन नसकिरहेको अवस्थामा नेपालको सरकार र नेपाली जनताले विश्वले भोगिरहेको यो समस्या र संकटबाट सिकेर यो महामारीलाई निस्तेज पार्न विश्वका सफल उदाहरणहरुलाई अनुशरण गर्दै बढी भन्दा बढी प्रभावकारी रुपमा काम गर्न सहमहामन्त्री डा.महतले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja