चाैधरी फाउन्डेसनले गण्डकी प्रदेशमा सामान वितरण गरेेकाेे छ



विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरसको रोकथाम र उपचारका लागि चौधरी फाउण्डेसनले गण्डकी प्रदेशमा अत्यावश्यक सामाग्री वितरण गरेको छ। फाउण्डेसनले गण्डकी प्रदेशको चारवटा स्वास्थ्य संस्थामा ४० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र २ हजार थान सर्जिकल मास्क वितरण गरेको हो।
फाउण्डेसनले १०/१० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ५/५सय थान सर्जिकल मास्क प्रदेश अन्तर्गतका ४ जिल्लालाई हस्तान्तरण गरेको हो ।
फाउण्डेसनले सामाग्री वितरण गरिएका स्वास्थ्य संस्थामा मातृ शिशु मितेरी अस्पताल पोखरा, पर्वत जिल्ला अस्पताल, गोरखा जिल्ला अस्पताल र बाग्लुङ्ग जिल्ला अस्पताल रहेको मातृ शिशु मितेरी अस्पतालकी प्रमुख प्रतिभा गौलीले बताइन्।
बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न फाउण्डेसनले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराएको उनले बताइन् ।
जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा पीपीईलगायत अन्य आवश्यक सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले फाउण्डेसनले हेल्पलाइन सुरू गरेको जनाएको छ ।
बिरामीको स्वास्थ्य उपचारमा संग्लन्न स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा आवश्यक परेको अवस्थामा ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न सकिने फाउण्डेसनले जनाएको छ।
फाउन्डेसनले कोभिड–१९ परीक्षण गर्नका लागि आवश्यक किट बाहिरी मुलुकबाट निर्यात गर्न लागेको जनाएको छ।
त्यस्तै अक्सिजन उत्पादन गर्ने उपकरण र भेन्टिलेटर अभाव पूर्ति गर्न बाहिरी मुलुकबाट आयात प्रक्रिया सुरू गरिएकाे फाउण्डेसनकाे भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६, ०६:५१:००
प्रतिक्रिया दिनु

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja