पाेखरामा लक डाउन अवज्ञा गर्ने गाडि प्रहरी नियन्त्रणमा



विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लक डाउनको दोस्रो दिनसम्ममा उक्त आदेशको अवज्ञा गरेको आरोपमा पोखराबाट ४ सय २६ सवारी साधन प्रहरीको नियन्त्रणमा परेका छन् ।
लकडाउनलाई बेवास्ता गर्दै आफूखुसी सडकमा चलाइएका सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कास्कीको गगनगौँडा, तालचोक, छोरेपाटन, रामबजार, महेन्द्रपुल, पृथ्वीचोक, प्रस्र्याङलगायतका मुख्य चोकबाट निजी प्रयोजनका लागि चलाइएका सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले मंगलबार ३ सय ७५ र बुधबार ५१ सवारी साधनलाई नियन्त्रणमा लिइएको बताए । ‘हिजो पहिलो दिन भएका कारण पनि धेरै सडकमा निस्केका हुन सक्छन् । हिजोको तुलनामा आज केही कम भएको छ,’ उनले भने, ‘हिजो चाबी राखेर सचेत गराउँदै साधन डो¥याएर घर पठायौँ ।’

आज नियन्त्रणमा लिएका सवारी साधनसहित डकुमेन्ट लकडाउन अवधिभरि नै ट्राफिक नियन्त्रणमा रहने उनले बताए । उनका अनुसार हिजो १ दर्जन निजी कारसहित मोटरसाइकल र स्कुटरको चाबी नियन्त्रणमा लिइएको हो ।
बुधबार आधा दर्जन कारसहित मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिइएको निरीक्षक रोकाले बताए । ‘सबैभन्दा बढी दुईपाङ्ग्रे नियन्त्रणमा छन्,’ उनले भने, ‘आजदेखि चारपाङ्ग्रेसहित सबै साधन ट्राफिक नियन्त्रणमा राखेका छौँ ।’
उनले जनताले लकडाउनलाई सरल रूपमा लिएको बताए । ‘लकडाउनमा अति आवश्यक कामबाहेक बाहिर निस्कने जोकोहीलाई छुट्टै ठाउँमा कारबाहीका लागि राख्ने व्यवस्था हुनुपर्छ,’ उनले भने ।
लकडाउनको आदेश पालना नगर्नेलाई ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । साभार;शिलापत्र

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja