‘लकडाउन २१ दिनसम्म लम्बिन सक्छ’



पोखरा

सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ ।

मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत निरीक्षण गरी सहमति जुटाएका छन् । क्वारेन्टाइनमा हुनुपर्ने न्युनतम मापदण्डसहित व्यवस्थित गरिने उनले बताए ।
मन्त्री भट्टराईका अनुसार केन्द्र सरकारले ५ हजारजनाका लागि क्वारेन्टाइन व्यवस्था गरेको छ भने प्रदेशहरुले दुई-दुई हजारको क्वारेन्टाइन बनाउँदैछन् । त्यस्तै ६ वटा महानगरपालिकालाई पनि दुई-दुई हजार राख्ने गरी क्वारेन्टाइन बनाउन भनिएको छ ।

उपमहानगरपालिकाले एक-एक हजार र ७७ जिल्लामा कम्तिमा एक-एक हजारका क्वारेन्टाइन बन्दैछन् । सरकारले जनतालाई घरभित्रै रहन भनेको स्मरण गर्दै मन्त्री भट्टराईले अत्यावश्यक अवस्थाका लागि क्वारेन्टाइन तयारी हालतमा राखिने बताएका छन् ।

अनलाइखबरसँगको भिडियो अन्तर्वार्ताका क्रममा मन्त्री भट्टराईले तत्काल टेकुमा बाहेक अन्यत्र प्रमाणिक ल्याब नभएकाले बाहिरका जिल्लामा गरिएका नमूना संकलनलाई काठमाडौं ल्याउन बिराटनगर, नेपालगञ्ज, पोखरा र भैरहवा विमानस्थलमा विमान पठाइने बताए ।

चिकित्सकहरुको व्यक्तिगत सुृरक्षा उपकरण सहितका अत्यावश्यक मेडिकल सामाग्रीहरु चीन र भारतबाट खरिद गरेर ल्याउनका लागि नेपाल एयरलाइन्सका विमान तयारी हालतमा राखिएको समेत उनले जानकारी दिएका छन् ।

मन्त्री भट्टराईले लकडाउनलाई जनताले पूर्णरुपमा पालना नगरे ठूलो जोखिम हुने भन्दै एकसाताको लकडाउनले नपुग्ने भएकाले २१ दिनसम्मको लकडाउन सहने गरि बस्नुपर्ने बताए ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja