पास्टर आचार्यको प्रक्राउ, कानुनी राज्यको उपहास



पोखरा
कोरोना भाइरस covid -19 को संक्रमणले विश्व नै आक्रान्त भएको बेला, आफ्नो आफ्नो धर्म संस्कृती अनुसार प्रार्थना गर्दै गर्दा पास्टर केशव आचार्यलाई , धर्म प्रचारको अफवाह फैलाएको भनी, राज्यले पक्राउ गर्नु नेपालमा कानुनी राज्यको उपहास भएको भनी, राष्ट्रिय खीष्टयन महासंघ, नेपालले खेद प्रकट गरेको छ । सोमबार, जुम्ला स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका –२९ बस्ने प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यलाई कोरोना भाइरसको विरुद्धमा प्रार्थना गर्दा धर्म प्रचार र अफवाह फैलाएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको थियो । त्यसैगरी राष्ट्रिय खीष्टयन महासंघ, नेपालले यतिबेला नेपालमा हिन्दु धर्मावलम्बीहरुले कोरोना भाइस विरुद्ध यज्ञ लगाएका छन् भने,त्यसै गरि अन्य बौद्ध, जैन, मुस्लीम धर्मावलम्बीहरुले पनि आफ्नो किसीमले प्रार्थना गरिराखेको, कुरालाई राज्यलाई स्मरण गराउदैं, त्यसै प्रकार पास्टर आचार्यको वास्तवीक भिडीयोमा पास्टर आर्चायले बचन प्रचार गरि कोराना भाइरस विरुद्ध प्रार्थना गरेको ले पास्टर आचार्यले कानुन उलंघन हुने काम नगरेको महासंघले जनाएको छ । त्यसैगरी महासंघले देशमा धर्मनिपेक्षता संस्थागत भई नयाँ संविधानको प्रस्तावनामा नै बहुजातीय, बहुभाषिक, बहुधार्मीक,बहुसांस्कृती तथा भौगोलिक विविधतायुक्त विषेशतालाई आत्मसात गरेको कुरा स्मरण गराउँदै, संविधान अनुसार सबै नागरिकलाई समान हक र स्वतन्त्रता प्रदान गरिने कुरालाई सरकारले सम्मान गर्नू पर्ने माग राखेको छ । महासंघले विज्ञप्ती मार्फत, केशव आचार्यले कोरोना भाइरस विरुद्ध प्रार्थना मात्रै गरेकोले, धर्म प्रचार र अफवाह गर्ने कार्य नभइर्, धार्मीक अभ्यास मात्र भएको कुरा, राज्य र आम जनसमुदायलाई जानकारी गराएको छ । , राष्ट्रिय खिष्टयन महासंघ, नेपालले संविधानले धर्मनिरपेक्षता लाई आत्मसात गरेकोले संविधानलाई सम्मान गर्दै सरकार संग पास्टर आचार्यको विनाशर्तरिहाईको माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja