बिहारमा कोरोनाका कारण पहिलो मृत्यु



पोखरा

भारतको बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय पत्रकार निरज सहायका अनुसार यी व्यक्ति मुंगेरका बासिन्दा थिए र केही दिन अघि मात्रै कतारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार बिहान करिब ९ बजे भएको हो ।

उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

उनको मृत्युपछि कोरोना भाइरसबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।

यस्तै, स्थानीय पत्रकार निरज प्रियदर्शीका अनुसार बिहारमा कोरोनाका अर्का बिरामी एनएमसीएचको आइसोलेशन वार्डमा छन् । ती बिरामी हालै स्कटल्याण्डबाट फर्किएका हुन् ।

आइतबारभन्दा पहिला बिहारमा कोरोना भाइरसको कुनै पनि संक्रमण देखिएको छ ।

इन्डियन मेडिकद रिसर्च असोसिएशनका अनुसार भारतमा कोरोना भाइरसका ३ सय ४१ संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja