मेस्सी र रोनाल्डो भन्दा एमबाप्पे महंगो



पोखरा

पछिल्लो विश्वकप फुटबलबाट उदाएका फ्रान्सका खेलाडी केलियन एमबाप्पेले लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

पेरीस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पे विश्वकै सर्वाधिक मुल्यवान खेलाडी बनेका हुन् ।

ट्रान्सफरमार्केटले सार्वजनिक गरेको एक अध्ययन अनुसार फ्रान्सका युवा स्टार एमबाप्पे मुल्यवान खेलाडी बनेका हुन् ।

एमबाप्पेको मूल्य १ सय ८९ मिलियन पाउण्ड रहेको छ । उनले म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्ट्रर्लिङलाई पछि पारेका छन् ।

दोस्रो स्थानमा रहेका स्ट्रर्लिङको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहेको छ ।

पीएसजीकै फरवार्ड नेयमार तेस्रो, लिभरपुलका साडियो माने चौंथो र मोहमद सलाह पाँचौं स्थानमा रहेका छन् ।

नेयमारको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहदा माने र सलाहको मूल्य समान १ सय ४१ मिलियन पाउण्ड रहेको छ ।

सर्वाधिक महंगा खेलाडीको सूचिमा मेस्सी ८ औं नम्बरमा छन् भने रोनाल्डोको नाम टप टेनभित्र समेत अटाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja