गण्डकीका ११ वटै जिल्लामा कोरोनाको नमुना संकलन गर्ने तयारी



पोखरा

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोरोना भाइरस सङ्क्रमणको आशंका लागेका व्यक्तिहरुको नमुना संकलन गरिने भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएका  व्यक्तिहरुको पोखराबाट  नमुना संकलन गरी काठमाडौँ पठाउने गरिएकोमा  अव प्रदेशका  प्रत्येक जिल्लाबाट नमुना संकलन गर्ने व्यवस्था गर्न लागिएको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय का निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए ।

कोभिड–१९ भाइरस सङ्क्रमणको आशंका लागेमा सम्बन्धित ठाउँमा पोखराबाट गएर नमुना संकलन गर्नुपर्ने अथवा पोखरानै ल्याउनुपर्ने  अवस्थाको अन्त्य गर्न  प्रदेश स्वास्थ्य निर्देशनालयमा आइतबार ११ जिल्लाका २२ जना स्वास्थ्यकर्मीलाई नमुना संकलन सम्बन्धि तालिम दिन लागिएको निर्देशक डा. शर्माले पोखरा न्यूजलाई जानकारी दिए ।

‘हामीले समयमै नमुना संकलन गर्न प्रदेशका २२ जना स्वास्थ्यकर्मीलाई कोरोनाको नमुना संकलन गर्ने विधि सिकाउदैछौ ,’  निर्देशक डा. शर्माले भने, ‘ नमुना संकलनको लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), स्याम्पल कलेक्सन गर्ने भीपीएम लगायतका उपकरण समेत हस्तान्तरण गर्दैछौ । त्यसपछि उहाँहरुले आ-आफ्नो क्षेत्रमै  भाइरस सङ्क्रमणको आशंका गरिएका व्यक्तिहरुको नमुना संकलन गर्न सक्नुहुन्छ।’

यस अघि म्याग्दीमा कोरोना भाइरस सङ्क्रमणको आशंका लागेका व्यक्तिको नमुना परीक्षण गर्दा केहि कठिनाई भएको भन्दै  अब त्यस्तो अवस्था  अन्त्य हुने निर्देशक डा. शर्माले जनाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja