कोरोना प्रभाव: अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ छायांकन स्थगित



पोखरा

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण फैलिने भयले फिल्मको छायांकन स्थगित गरिएको हो ।

सरकारले नै २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेपछि फिल्मको छायांकन प्रभावित भएको हो ।

निर्देशक झरना थापाले फिल्मको छायांकन केही दिनका लागि स्थगित गरिएको जानकारी दिइन् ।

‘मानवलाई नै चुनौती बनिरहेको कोभिड १९ बाट बच्न, शतर्कता अपनाउन हामी सबै एकजुट हुनैपर्छ, यसबाट कलाकार प्राविधिकहरुमा पर्न गएको असुविधाप्रति हामी सबै सजग छौं,’ झरनाको भनाइ छ ।

ललितपुरमा छायांकन भइरहेको यो फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ ।

झरना थापाले निर्देशन गरिरहेको यो फिल्मका निर्माता सुनील कुमार थापा हुन् । फिल्म अर्को वर्षको दशैंमा प्रदर्शन गरिने भनिएको छ ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja