वैशाख १८ गतेसम्म चलचित्र हल बन्द गर्ने सरकारको निर्णय



पोखरा

सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेको छ । चलचित्र हलसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, क्ल तथा मनोरञ्जन स्थल पनि बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले ती क्षेत्रहरू ३० अप्रिलसम्म(वैशाख १८) बन्द गर्ने निर्णय गरेको हो ।

साथै सरकारले यसको अनुगमन गर्न गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने जनाएको छ ।

योसँगै सरकारले २५ जनाभन्दा बढी मानिसहरू भेला हुन नपाइने पनि जनाएको छ ।

यो निर्णयले नेपाली फिल्म क्षेत्रमा प्रभाव पर्ने भएको छ । यसअघि सरकारले दर्शकलाई फिल्म हलमा नजान आह्वान गरेको थियो । हलवालाले भने उचित सुरक्षा अपनाएको भन्दै फिल्म प्रदर्शन गर्दै आएका थिए ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको भयले फिल्म हलमा दर्शकको उपस्थिति निकै पातलिएको थियो । कोरोना भाइरसका कारण विदेशी फिल्म र नेपाली फिल्म म यस्तो गीत गाउँछु २ र नीरफूलको प्रदर्शन स्थगित भइसकेको छ ।

अब भने फिल्म प्रेमगीत ३,  लक्का जवान, चपली हाइट ३ लगायतका फिल्मको रिलिज स्वत: स्थगित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja