2 करोड उठाएर पोखरा बाट निर्मल फरार






कास्की पोखरा बाग्लुङ बसपार्क घर बताउने उमेर ४०-४५ को निर्मल शाहि नाम गरेको बेक्तिले वैदेशिक रोजगारको लागि पोर्टुगल,स्पेन र पोल्यान्ड जस्ता विकसित देशमा लाने झुटो आश्वासन देखाएर सोझा साझा थुप्रै मान्छेको पैसा खाएर फरार भएको छन। विभिन्न समयमा देशको अनेकौं स्थानबाट २० जाना भन्दा बढी सङ्ग जनही १०,००,०००/- रुपैयाँँ भन्दा बढी उठाएर फरार भएका छन। पोर्टुगलमा आफ्नो राम्रो हैसियत भएको र केही महिनामानै पोर्टुगल पुर्याउने दावी गर्दै उन्ले पैसा उठाएका थिए। सुजन गुरुङ ,विशाल नेपाली, विशाल गुरुङ ,अर्जुन गुरुङ ,बिकास गौतम ,लक्क्षिमि बि क,राजेश आले,बिमल के सि, सरोज सुनार,बिनिता गुरुङ ,दिल बाहादुर कामी ,राम गुरुङ ,गौतम श्रेष्ठ , मानकाजी मगर ,प्रदिप बानियाँ आदि नाम गरेका बेक्तीहरु सङ्ग छुट्टाछुट्टै १० लाख भन्दा बढी उठाएर उनी फरार भएका हुन। पैसा उठाएको ६ महिना सम्म निर्मल शही फरार भएका कारण आफुहरु ठगीएको थाहा पाए पछि उनिहरुले जिल्ला प्रहरी कार्यलयमा ठगी मुद्दा दर्ता गराएका थिय। निजलाई जिल्ला प्रहरी कार्यालयले  ससुरालीबाट समातेर १५ दिनका लागि हिरासतमा लिएको थियो। प्रहरिका अगाडि पीडित बेक्तिलाई सम्पुर्ण रकम फिर्ता दिने लिखित सहमति गरे पछि उसलाई प्रहरीले छाडेको थियो। प्रहरी ले रिहाई गरेपछि फेरि उनी फरार भएको र सम्पर्क गर्दा कहिलेपनि सम्पर्कमा नआएको पीडित बताउछन। सम्पर्कका लागि नेपालमा रहदा ९८५११६१७४२/ ९८२७११२७४७ र भारतमा हुँदा +९१८८६०२९५५६० मा सम्पर्क गर्न भनेता पनि मोबाइल अफ गरेर फरार भएको उनीहरु बताउछन।

कसैले गाउको घर खेत सम्म धितो राखेर ल्याएको पैसा फसेकोले जीवन जिउननै गाह्रो भएको उनिहरुको भनाइ छ।बिकास गौतम,अर्जुन गुरुङ,सुजन गुरुङ लगाएत केहिलाई टर्की सम्म पुर्याएर बिचमै बिचल्ली बनाएपछि उनिहरु नेपाल फर्किएका थिए। काठमाडौंमा आफ्नो अफिस भएको र सम्पुर्ण काम उतै बाट हुन्छ थोरै कोटा छ छिटो गर्नुस ढिलो भयो भने गाह्रो हुन्छ भनेर आफू सङ्ग पैसा उठाएको बाझापाटन घार भएकि लक्क्षिमि बि क बताउछिन। सुखी जीवन जिउने आश देखेको उन्लाई चौटा खान गएको बुढी झोलमा डुबेर मरि भनेको झै भएको छ।



प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja