प्रजातन्त्र सेनानी, एउटा इतिहास, एउटा युग , स्व. श्री सोभियत बहादुर कुँवर



प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका अभिभावक स्व. श्री सोभियत बहादुर कुँवरलाई यो देश र नेपाली कांग्रेसले सदैव स्मरण गर्नेछ । मिति २०७६।११।१६ गतेका दिन असामहिक निधन भएका स्व. कँवर एउटा युग अथवा एउटा इतिहास हुनुहुन्थ्यो । स्वं श्री सोभियत बहादुर कुंवरको श्रद्धाञ्जली सभालार्ई सम्बोधन गर्दै नेपाली कांग्रेसका पुर्व महामन्त्री , पुर्व सभामुख तारानाथ रानाभाटले स्वं श्री सोभियत बहादुर कुँवरले आफ्नो जिवनकालमा गरेको यो देश र नेपाली कांग्रेस संघठन प्रतीको योगदान सराहनीय र प्रशंसा योग्य रहेको बताउनुभयो । नेता रानाभाटले स्व. कुँवर एउटा समाजसेवी र राजनीतीक व्यक्तीत्व भएको बताउनुभयो । उहांले, स्वं कुंवर प्रजातन्त्र र मुलुकको सदैव वास्ता र चिन्तन गर्ने व्यक्तित्व भएको बताउनु भयो । श्रद्धाञ्जली सभामा उपस्थीत नेपाली कांग्रेसका नेता, पुर्व कानुन मन्त्री , यज्ञ बहादुर थापा, कास्की कांग्रेस सभापती कृष्ण के.सी., कांग्रेस नेता रामजी कुंवर, कास्की कांग्रेस वडा न.६ इकाई सभापति बलराम गिरी , , कांग्रेस नेता लक्ष्मी भट्टराई लगायतले स्व. श्री सोभियत बहादुर कुँवर कांग्रेसको अभिवाबक भएको भन्दै उहाँले यो समाज, देश र कांग्रेस बनाउन अपनाउनु भएको सहि निति अनुसरण गर्नु नै उहाँ प्रतिको सहि श्रद्धाञ्जली हुने बताउनुभयो , श्रञ्द्धाजली सभामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja