नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द



धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ ।

शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोवार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ । नेप्सेका अनुसार नेप्से ६।०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । आज १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो ।

पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।

नेप्से ८६।३९ विन्दुले घटेर एक हजार ३४९।३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७।३५ ले घटेर २९०।३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो ।

नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै रु आठ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको कारोवार भएको छ । यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २० लाख ५५ हजार ११४ र एनएमबी बैंकको रु ६ करोड ७९ लाख ६४ हजार ४८९ बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja