‘चपली हाइट–३’ सस्पेन्स थ्रिलर टिजर सार्वजनिक



पोखरा

अर्जुन कुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट–३’को टिजर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको टिजर सस्पेन्स थ्रिलर शैलीमा तयार गरिएको छ ।

१ मिनेट ४३ सेकेण्ड अवधिको टिजर हेर्दा फिल्म अभिनेत्री स्वस्तिमा खड्काको वरिपरि घुमेको अनुमान लगाउन सकिन्छ । टिजरमा अभिनेता अर्पण थापा पनि देखिएका छन् । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।

स्वस्तिमा र अर्पणको अलवा फिल्ममा सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारको अभिनय समेटिएको छ । 

सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्धन्द रहेको फिल्म अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । 

फिल्म सन् २०१२ को सुपरहिट ‘चपली हाइट’को तेस्रो सिक्वेलको रुपमा निर्माण भएको हो ।

https://youtu.be/ZMmNPIWAU6g

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja