हिमालय रोडिज: ‘टिम एल्लो’ सुरक्षित हुँदा ‘टिम ब्लु’बाट बाहिरिइन् विद्या



पोखरा

गत साताको सोमबार प्रशारण भएको हिमालय रोडिजमा नायिका प्रियंका कार्की पुगेकी थिइन् । उनी त्यहाँ सुपर पावरका साथ पुगेकी थिइन् । उनले वाइल्डकार्डबाट कलिङ राउण्डसम्म आइपुगेका दुई प्रतियोगीलाई खेलमा फर्काएकी थिइन् ।

वाइल्डकार्डबाट आएका दुई खेलाडीलाई होस्ट रेमनदाश श्रेष्ठले अनुप विक्रम शाहीको ‘टिम रेड’ र समन श्रेष्ठको ‘टिम ब्लु’मा राखिदिए । जसबाट टिम रेडमा ४ जना प्रतियोगी भए भने ‘टिम ब्लु’सँगै दीया मास्केको ‘टिम एल्लो’ र आशिष राना ‘लाहुरे’को ‘टिम ग्रिन’मा ३-३ जना प्रतियोगी बाकीँ रहेका थिए ।

यस साताको सोमबार प्रशारण भएको एपिसोडमा टिम ‘टाक्स’ गराइएको थियो । त्यहाँ विजेता हुने समुह पूर्ण रुपमा सुरक्षित हुने थियो । जसमा दीया मस्केको ‘टिम एल्लो’ले खेल जित्यो र सुरक्षित बन्यो ।

टाक्सको नतिजा आउने बित्तिकै होस्ट रेमनदाशले बाकीँ ३ टिमबाट एक जना भोट आउट हुने बोले । अनि सुरु भयो भोट आउटको प्लानिङ ।

टिम ब्लु र टिम एल्लोले टिमअप गर्यो । टिम रेड र टिम ग्रिन एकपक्षमा रहे । टिम रेडकी श्रेयालाई ब्लु र एल्लो टिमका सबै प्रतियोगीले भोट गरे । जसबाट श्रेयालाई जम्मा ६ भोट आयो ।

टिम रेड र टिम ग्रिनका प्रतियोगीले ब्लु टिमकी विद्यालाई भोट गरे । रेडबाट ४ र ग्रिनबाट ३ गरेर विद्यालाई ७ भोट आयो । त्यसकारण विद्या खेलबाट बाहिरिएकी छिन् ।

अब भने टिम रेडले आफ्नो ४ जानै प्रतियोगी सुरक्षित राखेको छ भने टिम ग्रिन र टिम एल्लोमा ४ जना प्रतियोगी रहेका छन् । टिम ब्लुमा भने २ जना प्रतियोगी बाकीँ रहेका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको यस रियालिटी शोलाई अमनप्रताप अधिकारीले निर्देशन गरेका छन् । यो भारतबाट ल्याइएको फ्रेन्चाइज रियालिटी शो हो ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja