विदेशी पर्यटकको रोजाइमा बागलुङ



पोखरा

भ्रमण वर्ष २०२० शुरु भएसँगै बागलुङ जिल्लामा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थान पर्यटकीय गन्तव्यका रुपमा विकसित भइ प्रचार प्रचार बढेसंगै विदेशी पर्यटकको रोजाइ बन्न थालेको हो ।

बागलुङ नगरपालिकाले विश्व भेगन अर्गनाइजेशनसँग पर्यटक भित्र्याउन संस्थागत पहल थालेको थियो । सो संस्थाको साझेदारीसँगै दुई चरणमा विदेशी पर्यटक यहाँ आइसकेका छन् । आगमी दिनमा पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जाने अपेक्षा समेत गरिएको छ । मङ्गलबार बागलुङ घुम्न १० क्यानेडियन र अमेरिकन पर्यटक आएका छन् । गत कात्तिकमा २१ युरोपियन तथा अमेरिकन यहाँ आएका थिए ।

सडक मार्गको बढ्दो पहुँचसंगै पदमार्ग हराउँदै जान थालेपछि विदेशी पर्यटको रोजाइ जिल्लामा पर्न थालेको हो । यहाँ आएका विदेशी पर्यटक पदमार्गमार्फत जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवास भकुण्डे जाने गर्दछन् । सो घरवासमा चिनियाँ तथा जापानिज पर्यटक हेलिकोप्टरमार्फत सोझै पुग्ने गर्दछन् । जिल्ला विदेशी पर्यटक समूहमै भित्रिन थालेपछि यहाँको होटल तथा व्यवसाय फस्टाउने अपेक्षासमेत गरिएको छ । भ्रमण वर्ष सफल गराउन सहयोग पुग्ने अपेक्षा राखिएको नगरपालिकाले जनाएको छ । जिल्लामा विदेशी पर्यटक भित्र्याएर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न नगरपालिकाले दुई वर्ष पहिला पर्यटन व्यवसायीसँगको संयोजनमा सो सस्थालार्ई पर्यटक ल्याउन प्रस्ताव पेश गरेको थियो ।

पर्यटन प्रवद्र्धन गर्न सो संस्थालाई प्रस्ताव गरेको दुई वर्षपछि यहाँ विदेशी पर्यटक भित्रन थालेको नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “हामीले जिल्लामा विदेशी पर्यटक भित्र्याउन दुई वर्षदेखि भेगन अर्गनाइजेशनको सुझावअनुरुप सडक मर्मत, पदमार्ग तथा पर्यटकीय क्षेत्रको विकास ग¥यौँ”, उहाँले भन्नुभयो, “संस्थाको सल्लाहअनुसार पर्यटक आउने वातावरण सिर्जना गरेपश्चात् भ्रमण वर्षलाई लक्षित गरी विदेशी पर्यटकहरु आइरहेका हुन् ।” प्रमुख पौडेलका अनुसार जिल्लामा विदेशी पर्यटकहरुको सङ्ख्या क्रमशः वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।

पहिलोपटक यहाँ भित्रिएका युरोपियन र अमेरिकन पर्यटकले गण्डकी प्रदशेकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर, बजार, घरवास भकुण्डे, मूलाबारी भ्य ूटावर लगायतको अवलोकन गरेका थिए । निकै खुशी भएर फर्केपछि जिल्लामा दोस्रोपटक सोही स्थान घुम्न क्यानेडियन र अमेरिकन पर्यटक आएका टे«किङ व्यवसायी महादेव शर्माले जानकारी दिनुभयो । विश्व भेगन अर्गनाइजेशन अमेरिकाका अध्यक्ष ज्याकले जिल्लाको पर्यटक प्रवद्र्धनमा निरन्तर पहल गरिरहनु भएको जनाइएको छ ।

अन्तर्राष्ट्रियजगत्मा जिल्लालाई चिनाउन विश्व भेगन अर्गनाइजेशनमा समावेश हुनु पर्यटन व्यवसायीहरुका लागि खुशीको कुरा भएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja