आँचल र उदिपले गरे इङ्गेजमेन्ट



पोखरा

नायिका आँचल शर्मा र उदिप श्रेष्ठले हालै इङ्गेजमेन्ट गरेका छन् । बिहेको तयारीमा रहेको यो जोडीले सोमवार औंठी साटासाट गर्‍यो ।

परिवारका सदस्यहरु सहभागी रहेको एक समारोहमा आँचल र उदिपले औंठी साटेका हुन् । सोमबार राजधानीको चुच्चेपाटीस्थित इमेरियल बैंक्वीटमा यो जोडीले औंठी साटेको जनाइएको छ ।

खबरका अनुसार यी दुईले यसै महिना बिहे गर्दैछन् । फागुनको अन्तिम साता बिहेको तयारी गरिएको जनाइएको छ ।

यी दुईले आफ्नो लामो प्रेमसम्बन्धलाई विवाहमा बदल्न थालेका हुन् । आँचल र उदिप आफन्तका माध्यमबाट नजिकिएका थिए ।

आँचलले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामीले सधै साथ हुने निर्णय गर्‍यौं ।’ उनका फ्यानले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

पछिल्लो समय आँचलले फिल्म ‘झिंगे दाउ’ अभिनय गरेकी थिइन् । यो फिल्म प्रदर्शन हुन बाँकी नै छ । केही समय यता भने आँचल फिल्मका कारणले भन्दा पनि बिहे र ब्याइफ्रेण्डका कारण चर्चामा छिन् ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja