नेकपा सचिवालय बैठक शुरु



पोखरा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीको प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

बैठकले यसअघि एमसीसी अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने अनुमान गरिएको छ ।

यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय भएको थिएन । नेकपाको केन्द्रीय कमिटी बैठको निर्णयले झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने, पार्टी एकताका बाँकी काम लगायतमा छलफल हुने छ ।

सचिवालय बैठक अघि आजै विहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja