स्रोत नखुलेको रुपैयाँ सहित चार जना पक्राउ



पोखरा

प्रहरीले बीरगञ्जबाट स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन् ।

रौतहट पिपरा पोखरिया–१ घर भइ हाल पर्साको बीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा बस्ने ४१ वर्षीय संजय कुमार साह, सोही ठाउँका ३० वर्षीय जयलाल महतो, ३१ वर्षीय राजुकुमार कलवार र भारत रक्सौल डुमरिया टोल बस्ने ३५ वर्षीय विजय कुमार ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । साह र महतोलाई प्रहरीले बीरगञ्ज महानगरपालिका वडा नं.१० आदर्शनगरबाट बा ४८ प ६५९७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको थियो भने साहको साथबाट प्रहरीले स्रोत खुलाउन नसकेको नगद ९ लाख ७१ हजार र महतोको साथबाट नगद १० लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

यस्तै कलवार र ठाकुर बिआर ०५ एए ७२५५ र बिआर ०५ डी ५०१८ नम्बरको भारतीय मोटरसाइकलसहित प्रहरीले बीरगञ्ज १६ स्थित भन्सार कार्यालयको गेट अगाडीबाट नियन्त्रणमा लिएको थियो भने कलवारको साथबाट स्रोत खुलाउन नसकेको तीन लाख र ठाकुरको साथबाट ४ लाख नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध अवैध वित्तिय कारोबार (हुण्डी) शिर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाइएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja