बालबालिकाकोे सर्वेक्षणका लागि अभिमुखीकरण



पोखरा

बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका–९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालीम दिइएको छ ।

वडाभित्रका घरधुरी, परिवारसँगै बालबालिकाको अवस्थालगायतका विषयमा तथ्याङ्क सङ्कलन गर्नका लागि टोल विकास संस्था र आमा समूहका ५० व्यक्तिलाई अभिमुखीकरण तालीम दिएकोे वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिनुभयो ।

सर्वेक्षणमा समग्र परिवारको विषयवस्तुलाई समेटिएको उल्लेख गर्दै उहाँले विशेष प्राथमिकता बालबालिकालाई राखिएको बताउनुभयो । वडाध्यक्ष लामिछानेले बालअधिकारको क्षेत्रमा वडाले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताउँदै १८ वर्ष उमेर समूहसम्मका बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नका लागि सर्वेक्षणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशीले बालमैत्री वडा बनाउनका निम्ति यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले वडामा बालबालिकाको लागि खेल मैदान र पार्क स्थापना गर्न अतिआवश्यक रहेकोमा जोड दिनुभयो । वडा नं ९ मा सङ्गम मार्ग टोल विकास संस्था र शान्ति दर्शन टोल विकास संस्था बालमैत्री टोल घोषणा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja