बंगलादेश इनिङ्स र १०६ रनले विजयी



पोखरा

बंगलादेशले जिम्बाबेविरुद्धको एक मात्र टेष्टमा इनिङ्स अन्तरको जित हात पारेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशले चौथो दिनमै जिम्बाबे लाई एक इनिङ्स र १०६ रनले पराजित गर्‍यो ।

बंगलादेशले इनिङ्स अन्तरको जित हात पारेको यो दोस्रो पटक हो । यसअघि सन् २०१८ मा ढाकामै वेष्ट इन्डिजविरुद्ध बंगलादेशले एक इनिङ्स र १८४ रनको जित हात पारेको थियो ।

ढाकामा भएको खेलमा मंगलबार स्पिनरद्वय नयिम हसन र तइजुल इस्लामले उत्कृष्ट बलिङ गरेपछि जिम्बाबे ५७.३ ओभर खेल्दै १८९ रनमा अलआउट भयो । पहिलो इनिङ्समा जिम्बाबेले २६५ रन बनाएको थियो ।

मुस्फिकर रहिमको दोहोरो शतक र कप्तान मोमिनुक हलको शतकमा बंगलादेशले पहिलो इनिङ्समा ५६० रन बनाउँदै इनिङ्स समाप्ती गरेको थियो ।

केभिन कसुजा र ब्रेण्डर टेलरले ९-२ को अवस्थाबाट जिम्बाबेको इनिङ्स अगाडि बढाएका थिए । तर जिम्बाबेले चौथो दिनमै बाँकी ८ विकेट गुमाएर १८० रन थप्यो । कप्तान क्रेग एर्भिनले सर्वाधिक ४३ रन बनाए भने टिमिचेन मारुमाले ४१ र सिक्नदर राजाले ३७ रन जोडे । रेगिस चाकाभाले १८ रन जोडे । टेलर १७ र कसुजा १० रन बनाएर आउट भए ।

जिम्बाबेलाई अलआउट गर्न बंगलादेशका लागि नयिम हसनले ५ र तइजुल इस्लामले ४ विकेट लिए । हसनले पहिलो इनिङ्समा पनि ४ विकेट लिएका थिए ।

खेलको म्यान अफ दि म्याच मुस्फिकर रहिम भए । उनले टेष्ट क्रिकेटमा तेस्रो दोहोरो शतक बनाउने क्रममा अविजित २०३ रन बनाएका थिए ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja