नेयमारलाई रेड कार्डका बाबजुद पीएजीको जीत



पोखरा

खराब अवस्थाबाट गुज्रिरहेका ब्राजिलियन स्टार नेयमारले रातो कार्ड पाएर मैदान छाड्न बाध्य भए पनि लिग वान फुटबलमा पीएसजीले पुनरागमन जीत निकालेको छ ।

आईतबार रातिको खेलमा ९२ औं मिनेटमा रातो कार्ड खाँदै नेयमार मैदान बाहिरिए पनि पीएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हराएको हो ।

लिग वान लिडरले पछिल्लो साता एमिन्ससंग ४–४ गोलको बराबरी खेलेको थियो । त्यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगको खेलमा बोरुसिया डर्टमण्डसंग २–१ ले हारेको थियो ।

पीएसजीको जीतमा मार्किन्होसले दुई तथा ईडिन्सन काभानी र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

बोर्डोका ह्वाङ वि जोले सुरुवातमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । यस्तै क्लबका लागि नाससिमेन्टो डी कास्ट्रो र रुबिन पाड्रोले एक एक गोल गरेका थिए ।

दोस्रो हाफको अन्तिम मिनेटमा यासीन अदलीलाई लडाएपछि नेयमार दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

उनले शनिबार घरेलु मैदानमा डिजोनबिरुद्ध हुने खेल गुमाउनेछन् । जीतसंगै पीएसजीले लिगमा १३ अंकको अग्रता कायम गरेको छ । शीर्ष स्थानको पीएसजीको ६५ अंक भएको छ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja