राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने



पोखरा

राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने हुनुभएको छ । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथ चन्द नगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

यसका साथै पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीका तर्फबाट पाटनमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । यसअघि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउन लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja