बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल



पोखरा

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । जन्मदिन मनाउन जन्मघर तेह्रथुम पुगेर फर्किएको भोलिपल्ट ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

दुईबीच संविधान संशोधनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएपछि यसबारे चर्चा परिचर्चा भइरहेको छ ।

सेक्युरिटी प्रेस खरिदबारे निवर्तमान सञ्चार मन्त्रीले कमिसन डिल गरेको अडियो सार्वजनिकपछि नेकपा आलोचित बनिरहेको छ । नेकपाका दुई अध्यक्षबीच सोमबार बिहान भएको छलफलमा यीलगायतका अन्य विविध समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja