काँग्रेसद्वारा भ्रष्टाचारको खोजी गरी सार्वजनिक गर्न निर्देशन



पोखरा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रालयमा के कस्ता अनियमितता र भ्रष्टाचारका घटना भइरहेका छन् भन्ने सम्बन्धमा अध्ययन गरी सार्वजनिक गर्न दलका विषयगत मन्त्रालय हेर्ने संयोजकलाई निर्देशन गरेको छ । काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीका विषयगत मन्त्रालय हेर्ने संयोजकहरुको आज बसेको बैठकले सो निर्णय गरेको राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो समयमा सार्वजनिक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अडियो प्रकरण जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत र व्यक्तिगत अनियमितता तथा भ्रष्टाचारका घटना हुन सक्ने जनाउँदै बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकले चनाखो भएर अध्ययन गर्नुपर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकहरुलाई मन्त्रालयसँग सम्बन्धित विधेयक र नीतिका बारेमा समेत अध्ययन गरी पार्टीको धारणा बनाउनुपर्ने बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja