बालुवाटारमा ओलीले मनाए जन्मदिन, शुभकामना दिन पुगे उपप्रधानमन्त्री



पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा ओलीलाई जन्मदिनको शुभकामना दिन उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपाका नेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका सचिवालयका सदस्यहरु, सुभेक्षुक र शुभचिन्तक बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले सामाजिक सञ्जालमा राखेको तस्वीरमा प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद, पत्नी राधिकासहित शुभेक्षुक र शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेको देख्न सकिन्छ ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउनका लागि आफ्नो जन्मथलो तेह्रथुम जाँदैछन् ।

जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुम आठराई जाँदैछन् ।

तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् ।

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले आइतबार गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानीय विदा दिएको हो ।

साथै गाउँपालिकाले कर्मचारी, विद्यार्थी तथा शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि भनेको छ ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja