५ जीको प्रयोगपछि इन्टरनेट स्पीड १३ गुणाले बढ्ने प्रक्षेपण



पोखरा

विश्व बजारमा सन् २०२३ सम्ममा कूल मोबाइलको १० प्रतिशत भन्दा बढिमा ५ जीको कनेक्सन हुने प्रक्षेपण गरिएको छ ।

तीब्र गतिमा हुने ५ जी नेटवर्कको बिस्तारले ग्लोबल मोबाइल कनेक्सनको स्पीडलाई पनि आगामी ५ वर्षमा तीन गुणाले बढाउने सिस्कोले प्रक्षेपण गरेको छ ।

सिस्कोको वार्षिक रिपोर्ट अनुसार सन् २०२३ मा मोबाइल कनेक्सन स्पीड ४४ एमबीपीएस पुग्नेछ । जबकी यस्तो स्पीड सन् २०१८ मा औi १३ एमबीपीएस रहेको थियो ।

यसका साथै औसत ५जी स्पीड भने ५७५ एमबीपीएस सोहि वर्ष पुग्ने अपेक्षा गरिएको छ भने औसत मोबाइल इन्टरनेटको स्पीडभन्दा १३ गुणा तीब्र हुने अपेक्षा गरिएको छ ।

रिपोर्टअनुसार सन् २०२३ मा वाईफाई नेटवर्कहरुमा औसत विश्वव्यापी स्पीड ९२ एमबीपीएस हुने अपेक्षा छ । फिक्स्ड ब्रोडब्याण्डमा भने ११० एमबीपीएस हुने अपेक्षा गरिएको छ ।

सिस्कोको वार्षिक रिपोर्टले मोबाइल, वाईफाई, फिक्स्ड ब्रोडब्याण्ड नेटवर्किंगका साथमा बढ्दो यूजर्स, डिभाईस र कनेक्सनको आधारमा गुणस्तरीयताको प्रक्षेपण गरेको छ ।

यसका साथै नेटवर्कको कायक्षमता र वर्तमान प्रवृत्तिको आधारमा अनुमान गरिएको छ ।

रिपोर्टले ५जी यूजर्सको बारेमा अन्य बजार अनुसन्धानकर्ताहरुले गरेको जस्तै प्रक्षेपण गरेको छ, जसअनुसार ५जी को पहिलो ५ वर्षमा १ अर्ब भन्दा बढि यूजर्स पुग्नेछन् ।

सिस्कोको प्रक्षेपणअनुसार सन् २०२३ सम्ममा विश्व जनसंख्या ५.७ अर्बको आधारमा ७० प्रतिशत भन्दा बढि मानिसहरुसम्म २जी, ३जी, ४जी वा ५जी मोबाइल कनेक्टिभिटी हुनेछ । हाल विश्व जनसंख्याको करिब दुई तीहाईले मात्र मोबाइल इन्टरनेट प्रयोग गरिरहेका छन् ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja