केपी ओलीको सरकार कुरा गर्न सफल, काम गर्न असफल : महत



पोखरा

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्वमन्त्री डाक्टर प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई सरकारको छायाँको रुपमा प्रयोग गर्न लागेको आरोप लगाएका छन् ।

बुधबार धरान उपमहानगरपालिकाले अयाोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सहमहामन्त्री महतले सरकार जनताप्रती असन्तुष्ट भएपनी त्यसलाई बाहिर ल्याउन जनता डराइरहेको भन्दै जनतालाई नडराईकन आफ्ना असन्तुष्टिहरुलाई बाहिर ल्याउन महतले अपिल गरे ।

केपी ओलि नेतृत्वको सरकारको २ बर्षे कार्यकालको  मुल्यांकन गर्दै कांग्रेस सहमहामन्त्री डाक्टर महतले सरकारको दुई वर्षले सरकार कुरा गर्न सफल र काम गर्न असफल छ भनेर प्रमानित गरेको जिकिर गरे ।

उनले कांग्रेसमा ब्यक्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने परिपाटी अन्त्य भयो भने कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कुनै समस्या नहुने दाबी गरे । व्यक्तिवादी प्रवृत्ति अन्त्य भयो भने हामी कसरी चुनावमा सफल हुन्छौ भन्ने कुराको शिक्षा धरान उपमहानगर पालिकाको चुनावी परिणामबाट लिनुपर्ने पनि डाक्टर महतले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja