चौथो मिनेटमै गोल गरेर एट्लेटिकोले लिभरपुललाई हरायो



पोखरा

स्पानिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा साविक विजेता लिभरपुललाई पराजित गरेको छ ।

यस सिजन खराब फर्ममा रहे पनि एट्लेटिकोले लिभरपुललाई घरेलु मैदानमा १–० ले पराजित गरेको हो । खेलको चौथो मिनेटमै सोउल निगेजले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । कोकेको कर्नरमा लिभरपुलका गोलकिपर एलिसन बेकरले क्लियर गर्न नसकेको बल निगेजले गोलमा परिणत गरेका थिए ।

यसअघि दुई पटक फाइनल पुगे पनि एट्लेटिकोले उपाधि जित्न सकेको थिएन । ला लिगामा पनि खराब प्रदर्शनबाट गुज्रिरहेको एट्लेटिकोलाई यो जितले केही राहत दिएको छ ।

यस सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले च्याम्पियन्स लिगमा भने हार बेहोर्‍यो ।

दोस्रो लेग मार्च ११ मा लिभरपुलको मैदानमा एनफिल्डमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja