पोखराको निर्माणाधीन विमानस्थलमा कार दुर्घटना हुँदा एक कामदारको मृत्यु



पोखरा

कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित निर्माणाधीन विमानस्थलमा सोमबार बेलुकी कार दुर्घटना हुँदा एक कामदारको मृत्यु भएको छ ।

सोमबार बेलुकी ८ बजे विमानस्थलका कामदार सवार रहेको प्रदेश ३, ०१ ०२२ च ०६६१ नम्बरको कार खाल्डोमा खसेको थियो ।

दुर्घटनामा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कारमा सवार स्याङ्जाको बिरुवा घर भइ पोखरास्थित चाउथेमा बस्दै आएका २७ वर्षीय यामबहादुर मगर छन् । मगरको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति पौने ९ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका कार चालकसहित तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja