ओली – नेपालको बालुवाटारमा गोप्य भेटवार्ता



पोखरा

पार्टीभित्र एक्लिदै गएको अनुभूति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन् ।

एमसीसीको बिषयमा पार्टीभित्रको एउटा समुहले पेलेरै अगाडी बढेपछि केन्द्रीय कमिटी बैठकबाट समेत अल्पमतमा परेका ओलीले आफ्नो समिकरण बलियो बनाउन नेपालसँग सोमबार साँझ गोप्य भेटवार्ता गरेका हुन्।

भेटमा पार्टीले गर्ने निर्णयमा एकजुट भएर अघि बढ्ने तथा आपसी सहयोग आदानप्रादान गर्दै अघि बढ्ने बिषयमा नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयले अनैपचारिक भेटवार्ता भए पनि पार्टीको निर्णयमा पूर्वएमाले पंत्तिले रणनीति बनाएको अर्थमा भने बुझ्न नहुने जनाएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल कर्णाली प्रदेश भेलामा कार्यकर्ता प्रशिक्षणका लागि मंगलबार विहान ८ बजे त्यसतर्फ प्रस्थान गर्नुअघि ओलीले बालुवाटारमै नेता नेपालसँग गरेको भेटलाई अर्थपूर्ण मानिएको छ ।

गत भदौ ५ गते पार्टीको सचिवालय बैठकमा चर्काचर्की भएपछि खासै सामिप्यता नदेखिएको ओली – नेपालको सम्बन्धलाई गोप्य भेटवार्ता भएपछि केही सुधारिएको अड्कलबाझी समेत गरिएको छ ।

सम्बन्ध सुधारको प्रयत्नस्वरुप ‌ओलीले यसअघि नेता नेपाललाई कात्तिक २३ मा लञ्ज मिटिङ समेत गरिसकेका छन् ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja