यस्तो छ ५ सय घण्टासम्म चार्ज टिक्ने इन्टेक्सको मोबाइल



पोखरा

मोबाइलको चार्ज नटिक्ने समस्याले आजित हुने गरेका प्रयोगकर्तालाई लक्षित गरेर इन्टेक्सले ५ सय घण्टासम्म चार्ज टिक्ने मोबाइल सार्वजनिक गरेको छ ।

भारतीय स्मार्टफोन निर्माता इन्टेक्सले ४ हजार एमएएच क्षमताको ब्याट्री भएको इन्टेक्स अक्वा पावर स्मार्टफोन लन्च गरेको हो ।

कम्पनीका अनुसार यो स्मार्टफोनमा ४ हजार एमएएच क्षमताको ब्याट्री भएको हुँदा इन्टेक्स अक्वा पावर स्मार्टफोन ११ घण्टाको टकटाइम तथा ५ सय घण्टाको स्टान्डवाई समय दिनेछ ।

इन्टेक्समा १.४ गीगाहर्जको अक्टा कोर मिडिया टेक प्रोसेसरद्धारा संचालित छ । यसमा एन्ड्रोयड किटक्याट ४.२.२ भर्सनको अपरेटिङ सिष्टम राखिएको छ ।

यो स्मार्टफोनको बजार मूल्य भारतमा ८ हजार ४ सय ४४ रुपै‌याँ मात्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja