खाली पेटमा कहिल्यै नखानोस् यस्ता खानेकुरा



पोखरा

खानपानको तौरतरिका तथा समय मिलाउदा शरीर स्वस्थ हुन्छ । सामान्यतयाः फलफूल भनेर हामि जुन बेला पनि खान तयार हुन्छौ । तर हाम्रो त्यस्तो सोचाईं गलत हो ।

जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन ।

केरा : पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ केरा । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ ।

चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।

अमिला फलफूल : अमिला फलफूलमा अधिकांशको रुची हुन्छ । तीमध्ये सुन्तला त धेरैको प्रीय नै मानिन्छ । तर यही सुन्तला खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छ ।

त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।

दही : पेटका लागि निकै उपयोगी खानेकुरा हो दही । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।

चिया वा कफी : चिया कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ ।

यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ । खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ ।

खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा नै असर पुर्‍याउँछ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja