नाटक ‘यो कस्तो महाभारत’को रिर्हसल तीव्र



पोखरा

दीपक पराजुलीले लेखेको नाटक ‘यो कस्तो महाभारत’ पोखरामा फागुन ९ गते शुक्रबारबाट मञ्चन हुनेछ । नाटक मञ्चनको लागि यतिबेला कलाकार र निर्देशक रिर्हसलमा व्यस्त छन् । पोखरा थिएटरको ११ औँ प्रस्तुतीमा मञ्चन हुने यो नाटकलाई प्रभावकारी बनाउन उनीहरुले मेहनत गरिरहेका छन् ।

नाटक पोखरा ग्रैहापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा फागुन २४ गतेसम्म मञ्चन हुनेछ । नाटक हरेक दिन साँझ ५ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत हेर्न पाइनेछ । दर्शकको माग आएको खण्डमा अतिरिक्त सो मञ्चन समेत गर्ने तयारीमा पोखरा थिएटर जुटेको छ ।

नाटक पंच सुब्बा गुरुङको परिकल्पना तथा निर्देशनमा तयार हुँदैछ । गुरुङको यो डेब्यु निर्देशन हो । उनीसँग यस अगाडी सह-निर्देशन र कलाकार भएर काम गरेको अनुभव छ । उनी पोखरा थिएटरका सञ्चालक मध्येका एक समेत हुन् ।

नाटकमा धृतराष्ट्र र अश्वत्थामाको भुमिकामा निश्चल विमल, सञ्जयको भुमिकामा रोशन ज्ञवाली, भीष्मपितामहको भुमिकामा रमेश बाबु तिमल्सीना, दुर्योधनको भुमिकामा नवराज गिरी, शकुनीको भुमिकामा विष्णु तिमल्सीना, युधिष्ठिर भुमिकामा राजेन्द्र अधिकारी, अजुर्ननको भुमिकामा सरोज तिवारी, काशी नरेशको भुमिकामा सुमन तिमिल्सिना, नकुलको भुमिकामा सहदेवको भुमिकामा गौरव पौडेल, कर्णको भुमिकामा एम.डि. काफ्ले, सैनिकको भुमिकामा अन्जन रोका, प्रतिक घिमिरे र धनकाजी श्रेष्ठले अभिनय गर्नेछन् ।

आफ्नो भुमिकालाई न्याय गर्दै दर्शकको मन जित्ने अपेक्षाका साथ उनीहरुले मेहनत गरिरहेका छन् ।  एकघण्टा अवधिको यस नाटकले दर्शको मन जित्ने लेखक, निर्देशक र कलाकारको आशा छ । पोखरा थिएटरले यो नाटक स्थापनाको दोस्रो वर्ष पुरा गरि तेस्रो वर्ष प्रवेशको अवसरमा मञ्चन गर्न लागेको हो । यो पोखरा थिएटरमा मञ्चन हुने ४८ औँ नाटक हुनेछ । पोखरा थिएटर विक्रम सम्वत २०७४ साल फागुन २ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja