एम्बाप्पे र नेयमारबीनाको पीएसजी एमिन्ससँग बराबरीमा रोकियो



पोखरा

फ्रेन्च लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी ) र लिगमा पुछारमा रहेको एमिन्सबीच उच्च प्रतिस्पर्धा भएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी र एमिन्सले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेका छन ।

मुख्य खेलाडी केलियन एम्बाप्पे र नेयमारबिनै मैदान उत्रिएको पीएसजीले रोमाञ्चक खेलमा घरेलु टोलीसंग अंक बाँड्यो । सेहरो गुरासीले पाँचौ मिनेटमा एमिन्सलाई सुरुवाती अग्रता दिलाए । २९ औ मिनेटमा गेल काकुटाले घरेलु टोली एमिन्सको अग्रता दोब्बर बनाए ।

फौसिनी डायबेटले ४५ औ मिनेटमा घरेलु टोलीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।  पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीका एन्ड्रे हेरेराले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने संकेत गरे ।

दोस्रो हाफमा नियान्जो कावासीले लगातार दुई गोल गर्दै पीएसजीलाई बराबरीमा फर्काएका थिए । ६० औ मिनेटमा पहिलो गोल गरेका उनले ५ मिनेटको अन्तरमा दोस्रो गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।

मौरो ईकार्डीले ७४ औ मिनेटमा गोल गर्दै पीएसजीलाई ४–३ ले अगाडी बढाएका थिए । तर खेलको अन्तिम मिनेटमा एमिन्सका गुरासीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीसंग अंक खोस्न सफल भएका थिए ।

पीएसजीले आगामी मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा बोरुसिया डर्टमण्डसंग खेल्न निस्कदैछ । सोही कारण उसले केलियन एम्बाप्पे र नेयमारलाई लिग वानको खेलबाट बाहिर राखेको थियो ।

बराबरीको नतिजासंगै पीएसजीले दोस्रो स्थानको मार्सेलीसंग १३ अंकको स्पष्ट अग्रता कायम राखेको छ । एमिन्स २१ अंक सहित रेलिगेशन जोनमा यथावत छ ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja