महानगरको कार्यपालिका वैठकमा मनमानी भयो, वडा अध्यक्ष वाँस्तोला
पोखरा
पोखरा महानगरको कार्यपालिका बैठकमा महानगरले मनपरि गरेको भन्दै काँग्रेस जनप्रतिनिधी हरुले आपत्ती जनाएका छन् । महानगरको कार्यपालिका वैठकको निर्णयबारे बुझ्न खोज्दा महानगरले आनाकानी गरेको जनाउदै नेपाली काँग्रेस तर्फका वडा अध्यक्ष शंकर बाँस्तोलाले महानगरले गरेको मनपरिको विरुद्ध आवाज उठाएको थिए ।
उनले महानगरले बिगतमा कर्मचारी संयन्त्रले बिभिन्न प्रलोभनमा परि गरेका निर्णयहरुलाई पनि अहिलेको जनप्रतिनिधिहरुले बदर गरेर नयाँ निर्णय गर्न नसककेको आरोप लगाएका छन् । फोहोर मैलाको टेण्डर सकिएको छ महिना बितिसक्दा पनि टेण्डर नखोलेर पुरानै टोलीलाई काम गर्न दिनु,होर्डिङ,सोलार र प्रतिक्षालयहरुको विषयमा पनि केहि निर्णय गर्न नसकेको कारण महानगरलाई बार्षिक करौडौँ राजश्व घाटा परेको बताएका छन् ।
वडा अध्यक्ष बास्तोला भन्नु हुन्छ ‘महानगरमा जनप्रतिनिधिहरु आएको अनुभुति नै हुन सकेको छैन , टेण्डर हुनुपर्ने कयौँ चीजहरुको टेण्डर भएको छैन , प्रतिक्षालय र डस्पिन बिना टेण्डर भएको छ , बिगत केहि वर्षदेखि होर्डिङ बोर्डको रकम बक्यौता छ , नगरपरिषद र कार्यपालिका वैठकमा निरन्तर कुरा उठाएपछि खुद्रा बिज्ञापनको टेण्डर त खोलीयो तर महानगरलाई बर्षौदेखिको बक्यौता रकम तिर्न बाँकी भएकै कम्पनीले त्यसको टेण्डर पा¥यो , खुलाउन पर्ने टेण्डहरु खुल्न के कारणले रोकिएको हो थाह छैन ? फोहोर मैलाको र कवाडीको समय अवधि सकियो तर पनि किन नयाँ निर्णय गर्न सकिएको छैन ? कवाडी करको पनि समय सकिएको छ तर ढाक राखेर कर उठाएको छ , त्यो स्रोत कस्ले चलाईरहेको छ केहि थाह छैन ? ’
काँग्रेस समर्थीत जनप्रतिधिहरुले केहिदिन अगाडी मात्र एक महानगरपालिकाले गरेको एक कार्यक्रमको बहिष्कार पनि गरेका थिए । पोखराको विकासका लागि एकमत कायम गरेर जाउ भनेर अहिलेसम्म सहेर बसेको भए पनि महानगरले सोचे अनुरुप काम नगरेको बताउदै वडा अध्यक्ष बाँस्तोलाले अवका दिनमा भने महानगर सुधारका लागि काँग्रेसका तर्फबाट निर्वा्चित प्रतिनिधिहरु दृढतापुर्वक लाग्ने मा जोड दिए ।